9 months ago
June 21, 2024
एजेन्सी – आइसिसी टि-२० विश्वकप अन्तर्गत सुपर एट को आफ्नो पहिलो खेलमा अष्ट्रेलियाले बंगलादेश माथि जित हात पारेको छ । एन्टिग्वामा वर्षाले प्रभावित खेलमा अष्ट्रेलियाले डकवर्थ-लुइस पद्धति अनुसार २८ रनको जित हार पारेको थियो ।
बंगलादेशले दिएको १४० रनको लक्ष्य पछ्याउने क्रममा अष्ट्रेलिया ११.२ ओभरमा २ विकेटको क्षतिमा १०० रनको अवस्थामा हुँदा खेल वर्षाका कारण रोकिएको थियो । त्यसपछि पुनः खेल सुचारु हुन नसकेपछि अष्ट्रेलियाले २८ रनको जित हासिल गरेको हो ।
वर्षाले खेल प्रभावित हुनुअघि अष्ट्रेलियाका डेविड वार्नर ३५ बलमा ५ चौका र ३ छक्का सहित ५३ रनमा अविजित थिए । अर्कोतर्फ ग्लेन म्याक्सवेल ६ बलमा २४ रन बनाएर खेलिरहेका थिए । ट्राभिस हेड ३१ र मिचेल मार्श १ रन बनाएर आउट भएका थिए ।
अष्ट्रेलियाको दुई विकेट रिशाद होसेनको नाममा रहेको थियो ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४० रन बनाएको थियो । बंगलादेशका लागि नजमुल हसन शान्टोले सर्वाधिक ४१ रन बनाएका थिए भने टोहिद हृदोयले ४० रन जोडेका थिए । ओपनर लिटन दासले १६ र तासकिन अहमदले १३ रन बनाए । अन्य ब्याटर भने चल्न सकेनन् ।
अष्ट्रेलियाका लागि प्याट कमिन्सले ह्याट्रिक सहित ३ विकेट लिए । उनले १८औं ओभरको अन्तिम दुई बल र २०औं ओभरको पहिलो बलमा विकेट लिँदै ह्याट्रिक पूरा गरेका थिए । यस्तै एडम जाम्पाले २ तथा मिचेल स्टार्क, मार्कस स्टोइनिस र ग्लेन म्याक्सवेलले समान १-१ विकेट लिए ।
सुपर एट चरण अन्तर्गत आज बेलुका ८:१५ बजे इङ्ल्यान्ड र दक्षिण अफ्रिका भिड्ने छन् ।
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]
March 6, 2025
एजेन्सी – विश्व कप लिग टु अन्तगर्त क्यानडा र नेदरल्याण्ड्सबीचको खेल वर्षाका कारण रद्द भएको छ । नामिबियामा जारी त्रिकोणात्मक सिरिजमा बुधवार हुनुपर्ने क्यानडा र नेदरल्याण्ड्सबीचको खेल टस समेत नभई रद्द भएको हो । नेपालसहित ८ टोली सहभागी लिग टु क्यानडा १३ खेलमा १७ अंकका साथ तेस्रो स्थानमा छ । समान खेलमा १५ अंकका साथ […]
March 5, 2025
एजेन्सी – न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा बुधवार दक्षिण अफ्रिकालाई ५० रनले हराउँदै न्युजिल्याण्ड अन्तिम दुईमा पुगेको हो ।न्युजिल्यान्डले आइतवार हुने फाइनलमा भारतको सामना गर्नेछ । भारतले पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ५ विकेटले हराउँदै फाइनलमा पुगेको थियो । समूह चरणमा भारतले न्युजिल्यान्डलाई हराएको थियो। समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको दक्षिण अफ्रिका सेमिफाइनलमाबाट […]