9 months ago
June 21, 2024
एजेन्सी – आइसिसी टि-२० विश्वकप २०२४ अन्तर्गत सुपर एट चरणको आफ्नो पहिलो खेलमा भारतले अफगानिस्तान विरुद्ध सहज जित दर्ता गरेको छ । बार्बाडोसमा भएको खेलमा भारतले ४७ रनको फराकिलो अन्तरले जित हात पारेको हो ।
भारतले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तान अन्तिम ओभरमा अलआउट हुदै १ सय ३० रनमै रोकियो ।
अफगानिस्तानका लागि अजमतुल्लाह ओमारजाईले २० बलमा सर्वाधिक २६ रन बनाए । नजिबुल्लाह जाद्रानले १९ तथा गुलबदिन नैबले १७ रन जोडे । नूर अहमदले १२ तथा रहमनुल्लाह गुर्बाजले ११ रन बनाए।
भारतका लागि अर्शदिप सिंह र जस्प्रित बुम्राहले समान ३-३ विकेट लिए । कुलदीप यादवले २ विकेट तथा अक्षर पटेल र रविन्द्र जडेजाले १-१ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको भारतले ८ विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो । भारतका सूर्यकुमार यादवले २८ बलमा ५ चौका र ३ छक्का सहित सर्वाधिक ५३ रन बनाए । हार्दिक पन्ड्याले ३२ रन बनाउँदा विराट कोहलीले २४ रन जोडे ।
ऋषभ पन्तले २०, अक्षर पटेलले १२ तथा शिवम दुबेले १० रन बनाए । अफगानिस्तानका फजलहक फरुकी र राशिद खानले ३-३ तथा नभिन उल हकले १ विकेट लिए ।
भारतले आफ्नो सुपर एट चरणको दोस्रो खेलमा शनिबार बंगलादेश विरुद्ध खेल्नेछ भने अफगानिस्तानले सोही दिन अष्ट्रेलियाको सामना गर्नेछ ।
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]
March 6, 2025
एजेन्सी – विश्व कप लिग टु अन्तगर्त क्यानडा र नेदरल्याण्ड्सबीचको खेल वर्षाका कारण रद्द भएको छ । नामिबियामा जारी त्रिकोणात्मक सिरिजमा बुधवार हुनुपर्ने क्यानडा र नेदरल्याण्ड्सबीचको खेल टस समेत नभई रद्द भएको हो । नेपालसहित ८ टोली सहभागी लिग टु क्यानडा १३ खेलमा १७ अंकका साथ तेस्रो स्थानमा छ । समान खेलमा १५ अंकका साथ […]
March 5, 2025
एजेन्सी – न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा बुधवार दक्षिण अफ्रिकालाई ५० रनले हराउँदै न्युजिल्याण्ड अन्तिम दुईमा पुगेको हो ।न्युजिल्यान्डले आइतवार हुने फाइनलमा भारतको सामना गर्नेछ । भारतले पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ५ विकेटले हराउँदै फाइनलमा पुगेको थियो । समूह चरणमा भारतले न्युजिल्यान्डलाई हराएको थियो। समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको दक्षिण अफ्रिका सेमिफाइनलमाबाट […]