default_image

9 months ago

June 19, 2024

दीपेन्द्र आइसिसी वरियतामा थप माथि उक्लिए

2163 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले विश्व वरियतामा अहिलेसम्मकै उच्च वरियतामा उक्लिएका छन् ।

अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले हालै जारी गरेको टि‌ ट्वान्टी आईको अलराउन्डरतर्फको वरियतामा दीपेन्द्र छैटौं स्थानमा रहेका छन्। यस अघि उनी नवौं स्थानमा थिए।

टि‌ ट्वान्टी आईको अलराउन्डरको शीर्ष स्थानमा अस्ट्रेलियाका मार्कस स्टोईनेस उक्लिएका छन् । श्रीलंकाका वानिन्दु हसरंगाले दोस्रो, बंगलादेशका‌सकिब अल हसन तेस्रो, अफगानिस्तानका‌ मोहम्मद नाबी चौथो र जिमबावेका सिकन्दर राजा पाँचौं स्थानमा छन्।

दीपेन्द्रले भारतका हार्दिक पान्ड्या, इङ्ल्यान्डका लियाम लिभिङस्टोन, मोइन अली, दक्षिण अफ्रिकाका कप्तान एडेन मारकमलाई पछि पारेका छन् ।

वेस्ट इन्डिजमा जारी टि ट्वान्टी विश्वकपमा दीपेन्द्रले समूह चरणका ३ खेलमा ६ विकेट लिनुका साथै ३२ रन बनाए थिए। अन्तिम खेलमा बंगलादेशविरुद्ध ३ विकेट लिँदै २५ रन बनाएका उनले दक्षिण अफ्रिकाविरुद्ध २ विकेट र ६ रन तथा नेदरल्यान्ड्ससँग १ विकेट र १ रन बनाएका थिए।

March 6, 2025

ललितपुर बन्यो बागमती छनोटको च्याम्पियन

काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]

March 6, 2025

विश्व कप लिग टु – क्यानडा र नेदरल्याण्ड्सको खेल रद्द

एजेन्सी – विश्व कप लिग टु अन्तगर्त क्यानडा र नेदरल्याण्ड्सबीचको खेल वर्षाका कारण रद्द भएको छ । नामिबियामा जारी त्रिकोणात्मक सिरिजमा बुधवार हुनुपर्ने क्यानडा र नेदरल्याण्ड्सबीचको खेल टस समेत नभई रद्द भएको हो । नेपालसहित ८ टोली सहभागी लिग टु क्यानडा १३ खेलमा १७ अंकका साथ तेस्रो स्थानमा छ । समान खेलमा १५ अंकका साथ […]

March 5, 2025

न्युजिल्यान्ड च्याम्पियन्स ट्रफीको फाइनलमा

एजेन्सी – न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा बुधवार दक्षिण अफ्रिकालाई ५० रनले हराउँदै न्युजिल्याण्ड अन्तिम दुईमा पुगेको हो  ।न्युजिल्यान्डले आइतवार हुने फाइनलमा भारतको सामना गर्नेछ । भारतले पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ५ विकेटले हराउँदै फाइनलमा पुगेको  थियो । समूह चरणमा भारतले न्युजिल्यान्डलाई हराएको थियो। समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको दक्षिण अफ्रिका सेमिफाइनलमाबाट […]

Success

Thank you for your time.