9 months ago
June 18, 2024
एजेन्सी – तीव्र गतिका बलर लोकी फर्गुसनको सानदार बलिङ प्रदर्शनमा न्युजिल्यान्डले आइसीसी टि२० विश्वकप अन्तर्गत समूहको अन्तिम खेलमा पपुवा न्यु गिनीलाई पराजित गरेको छ ।
टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएको न्युजिल्यान्डले पिएनजीलाई १९.४ ओभरमा ७८ रनमा अलआउट गर्यो । न्युजिल्यान्डका लागि फर्गुसनले ४ ओभरमा कुनै रन नखर्ची ३ विकेट लिएका थिए । उनी पुरुष टि२० विश्वकपमा ४ ओभर नै मेडन राख्ने पहिलो बलर बने ।
पिएनजीका लागि चार्ल्स अमिनीले सर्वाधिक १७ रन जोडे । नोर्मन भानुआले १४ र सेसे बाउले १२ रन जोड्नुबाहेक अन्यले दोहोरो स्कोर छुन सकेनन् ।न्युजिल्यान्डका ट्रेन्ट बोल्ट, टिम साउथी र इश सोधीले २-२ विकेट लिए ।
जवाफमा न्युजिल्यान्डले इनिङको दोस्रो बलमा फिन एलेनलाई गुमाएपनि ओपनर डेवन कन्वेले ३५ रन जोड्दै टोलीलाई जिततर्फ उन्मुख गराए । रचिन रविन्द्रले ६ रन जोड्दा केन विलियम्सन १८ र डेरील मिचेल १९ रनमा नटआउट रहे ।
समूह सी बाट अफगानिस्तान र वेस्ट इन्डिज सुरुवाती ३ खेल जित्दै सुपर ८ प्रवेश गरिसकेका छन् । न्युजिल्यान्डले ४ खेलमा ४ अंक जोड्यो । युगान्डाले २ अंक जोड्दा पिएनजी अंकविहिन रह्यो ।
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]
March 6, 2025
एजेन्सी – विश्व कप लिग टु अन्तगर्त क्यानडा र नेदरल्याण्ड्सबीचको खेल वर्षाका कारण रद्द भएको छ । नामिबियामा जारी त्रिकोणात्मक सिरिजमा बुधवार हुनुपर्ने क्यानडा र नेदरल्याण्ड्सबीचको खेल टस समेत नभई रद्द भएको हो । नेपालसहित ८ टोली सहभागी लिग टु क्यानडा १३ खेलमा १७ अंकका साथ तेस्रो स्थानमा छ । समान खेलमा १५ अंकका साथ […]
March 5, 2025
एजेन्सी – न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा बुधवार दक्षिण अफ्रिकालाई ५० रनले हराउँदै न्युजिल्याण्ड अन्तिम दुईमा पुगेको हो ।न्युजिल्यान्डले आइतवार हुने फाइनलमा भारतको सामना गर्नेछ । भारतले पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ५ विकेटले हराउँदै फाइनलमा पुगेको थियो । समूह चरणमा भारतले न्युजिल्यान्डलाई हराएको थियो। समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको दक्षिण अफ्रिका सेमिफाइनलमाबाट […]