default_image

9 months ago

June 17, 2024

टि ट्वान्टी विश्वकपको सुपर ‘एट’ समीकरण पूरा

1397 views

0 Bookmark

एजेन्सी- वेस्ट इन्डिज र अमेरिकामा जारी आईसीसी टि ट्वान्टी विश्वकप २०२४ को सुपर एटमा मा पुग्ने सबै टोलीको छिनोफानो भइसकेको छ ।

सुपर एट को ग्रुप -१ मा भारत, अष्ट्रेलिया, अफगानिस्तान र बंगलादेश छन् । ग्रुप-२ मा अमेरिका, इङ्ल्यान्ड , वेस्ट इण्डिज र दक्षिण अफ्रिका परेका छन् । दुवै सह आयोजक सुपर एटमा‌ पुगेका छन्।

सुपर एटका सबै खेल जुन १९ देखि जुन २५ सम्म वेस्टइण्डिजमा हुनेछन् । राउन्ड रोबिन लिगपछि दुई समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।
सेमिफाइनल जुन २७ र फाइनल २९ जुनमा हुनेछ ।

नेपाल सम्मिलित समूह ‘डी’ बाट दक्षिण अफ्रिका विजेता र बंगलादेश उपविजेताका रुपमा अघि बढेका हुन्।

अन्तिम खेलमा बंगलादेशसँग २१ र त्यसअघि दक्षिण अफ्रिकासँग १ रनले हराएको नेपाल १ अंकसहित अंकतालिकाको पुछारमा रह्यो। यस पटकको विश्वकपमा नेपली टोलीले एउटा खेल पनि जित्न सकेन । सन् २०१४ को‌ पहिलो सहभागितामा नेपालले ३ मध्ये २ खेल जितेको थियो।

समूह ‘ए’ बाट भारत ४ खेलमा ८ अंकका बटुल्दै विजेता र अमेरिका ५ अंकका साथ उपविजेता बन्यो । पाकिस्तान ले ४ अंकका साथ विश्वकप यात्राको अन्त्य गर्यो।

अष्ट्रेलिया विजेता र इङ्ल्यान्ड उपविजेताका रुपमा समूह बीबाट अघि बढे। समूह सीबाट समान ६ अंक जोडेका अफगानिस्तान र वेस्ट इण्डिज रुपमा सुपर एट पुगिसकेका छन्। समूह विजेताको टुङ्गो यी दुई टोलीबीच आज हुने खेलबाट लाग्नेछ। यस पटकको विश्वकपमा २० राष्ट्रको सहभागिता थियो।

March 6, 2025

ललितपुर बन्यो बागमती छनोटको च्याम्पियन

काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]

March 6, 2025

विश्व कप लिग टु – क्यानडा र नेदरल्याण्ड्सको खेल रद्द

एजेन्सी – विश्व कप लिग टु अन्तगर्त क्यानडा र नेदरल्याण्ड्सबीचको खेल वर्षाका कारण रद्द भएको छ । नामिबियामा जारी त्रिकोणात्मक सिरिजमा बुधवार हुनुपर्ने क्यानडा र नेदरल्याण्ड्सबीचको खेल टस समेत नभई रद्द भएको हो । नेपालसहित ८ टोली सहभागी लिग टु क्यानडा १३ खेलमा १७ अंकका साथ तेस्रो स्थानमा छ । समान खेलमा १५ अंकका साथ […]

March 5, 2025

न्युजिल्यान्ड च्याम्पियन्स ट्रफीको फाइनलमा

एजेन्सी – न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा बुधवार दक्षिण अफ्रिकालाई ५० रनले हराउँदै न्युजिल्याण्ड अन्तिम दुईमा पुगेको हो  ।न्युजिल्यान्डले आइतवार हुने फाइनलमा भारतको सामना गर्नेछ । भारतले पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ५ विकेटले हराउँदै फाइनलमा पुगेको  थियो । समूह चरणमा भारतले न्युजिल्यान्डलाई हराएको थियो। समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको दक्षिण अफ्रिका सेमिफाइनलमाबाट […]

Success

Thank you for your time.