default_image

3 months ago

June 16, 2024

विश्व कपमा एतिहास रच्ने नेपाललाई अर्को एउटा मौका

2211 views

0 Bookmark

प्रकाश तिमल्सिना, किङ्सकाउट

समूह चरणको आफ्नो अन्तिम खेल अघि नै नेपाली क्रिकेट टोली वेस्ट इन्डिज तथा अमेरिकामा जारी टि ट्वान्टी विश्व कपबाट बाहिरिसकेको छ । दुई दिनअघि दक्षिण अफ्रिकासँगको रोमान्चक खेलमा १ रनको पीडादायी हार बेहोरेसँगै नेपाली टोली विश्व कपबाट बाहिरिएको थियो ।

अमेरिकाको डालासमा नेदरल्यान्ड्सँगको पहिलो खेलमा ६ विकेटको हार, त्यसपछि फ्लोरियाडमा श्रीलंकासँग वर्षासँग खेल रद्द भएपछि १ अंक लिएर नेपाली टोली सेन्ट भिन्सेन्ट आइपुगेको थियो । दक्षिण अफ्रिकाविरुद्ध पहिले फिल्डिङ गर्दै विपक्षीलाई १ सय १५ रनमा रोक्छ भन्ने कमैले अनुमान गरेका थिए ।

स्पिनरहरुको उच्च प्रदर्शनबाट नेपाली टोली विश्व कपको दाबेदारमध्येको एक दक्षिण अफ्रिकालाई कम स्कोरमा समेट्न सफल भएको थियो । जवाफमा नेपाली टोलीले राम्रै ब्याटिङको सुरुवात गरेको थियो । उतारचढावपूर्ण खेलको अन्तिम २ बल राम्ररी खेलेर जितका लागि आवश्यक २ रन वा बराबरीका लागि १ रन जोड्न नसक्दा टोलीले हार बेहोर्नु परेको थियो ।

दक्षिण अफ्रिकाविरुद्धको खेल अब इतिहास भइसकेको छ । अब नेपालका सामू यो विश्व कपलाई यादगार बनाउने एउटा र अन्तिम मौका बाँकी छ । त्यो भने स्थानिय समय अनुसार आइतबार साँझ ७ः३० बजे ( नेपाल समय अनुसार सोमबार बिहान ५ः१५ बजे) नेपालले बंगलादेशको सामना गर्दैछ ।

नेपाल भन्दा बंगलादेश बढी दबाबमा हुने निश्चित छ । नेपाललाई गुमाउनु पर्ने केहि छैन । बंगलादेशले अघिल्लो चरण प्र्रवेशको सहजताका लागि जित आवश्यक पर्न सक्छ । यद्दपी बंगलादेश ४ अंकसहित दोस्रो स्थानमा छ । बंगलादेशमाथि नेपालले जितेको र समूहको आजै हुने खेलमा नेदरल्यान्ड्सले श्रीलंकालाई हरायो भने उपविजेताको टुंगो रनरेटका आधारमा हुनेछ ।

नेदरल्यान्ड्सको श्रीलंका विश्व कपबाट बाहिरिसकेको छ भने नेदरल्यान्ड्को २ अंक छ । यो समूहबाट दक्षिण अफ्रिका समूह विजेताका रुपमा सुपर एटमा पुगिसकेको छ । सिनियर स्तरमा दोस्रो पटक नेपालले बंगलदेशको सामना गर्दैछ । सन् २०१४ को बंगलादेशमा आयोजना भएको विश्व कपमा नेपाल पहिलो पटक सहभागी भएको थियो । त्यति बेला हङकङ र अफगानिस्तानलाई हराएको नेपाल बंगलादेशसँग पराजित भएको थियो ।

टेस्ट मान्यता प्राप्त राष्ट्रविरुद्धका यसअघिका १२ टि ट्वान्टी आईमा नेपालले सबै खेल हारेको छ । आज बंगलादेशलाई हराउन सके नेपाली क्रिकेटका लागि एतिहासिक दिन हुनेछ । उमेर समूहमा टेस्ट मान्यता प्राप्त राष्ट्रलाई पटक पटक हराएको नेपालसँग सिनियर स्तरमा हराउने यो अर्को एउटा अवसर हो ।

बंगलादेशसँग समान ४ अंक भएपनि रनरेटका आधारमा सन् २०१४ को विश्व कपमा नेपाल समूह चरणबाटै बाहिरिएको थियो । दक्षिण अफ्रिकासँगको हारमा पनि विश्व व्यपाी रुपमा क्रिकेटमा नेपालको प्रदर्शनको चर्चा भएको छ । क्रिकेट परिवारमा नेपालले आफ्नो परिचियलाई थप फराकिलो बनाएको छ ।

बंगलादेशलाई हराउन सकेको खण्डमा नेपाली क्रिकेटको चर्चा अझै हुनेछ । यो विश्व कपमा आफ्नो अन्तिम खेल बंगलादेशविरुद्ध जित्न सकेको खण्डमा नेपाली टोली शिर उचो बनाएर स्वदेश फर्कन पाउनेछ ।

September 19, 2024

गुलशनको अलराउन्ड प्रदर्शनका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – गुलशन झाको अलराउन्ड प्रदर्शनको बाबजुत नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि ओमानले १ विकेटको जित हात पारेको हो । मंगलबार भएको पहिलो ओडिआईमा पनि नेपाल घरेलु टोलीसँग पराजित भएको थियो । नेपालले दिएको २ सय २१ रनको लक्ष्य […]

September 19, 2024

ओमानको आधा टिम पेभिलियन फर्कियो

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको ओमानको आधा टिम पेभिलियन फर्किएको छ । ओमानका लागि पाँचौ विकेटका रुपमा प्रतिक अथाभाले आउट भएसँगै आधा टिम पेभिलियन फर्किएको हो । अथाभाले करण केसीको बलमा आउट भएका हुन् । उनले ३६ बलमा २६ रन बनाएका थिए । त्यसअघि चौथो विकेटका रुपमा आयान […]

September 19, 2024

झाले दिलाए ओमानी कप्तानको विकेट

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानविरुद्ध नेपालले तेस्रो विकेट लिएको छ । ओमानका कप्तान अकिब इल्यासलाई गुमाएको हो २५औं ओभरको तेस्रो बलमा इल्यास गुलसन झाको बलमा करण केसीबाट समातिएका हुन् । इल्यास ३३ बलमा २९ रन बनाउदै आउट भएका हुन् । त्यसअघि ओमानका ओपनर कश्यप प्रजापतीलाई आरिफ शेखले भाई आसिफ शेखको […]

Success

Thank you for your time.