9 months ago
June 16, 2024
एजेन्सी – अष्ट्रेलियाले स्कटल्यान्डलाई हराएपछि इङ्ल्यान्ड आइसिसी टि-२० विश्वकपको सुपर ‘एट’ मा प्रवेश गरेको छ ।
आइतबार बिहान भएको खेलमा अष्ट्रेलियाले स्कटल्यान्ड माथि ५ विकेटको जित निकालेपछि इङ्ल्यान्ड नेट रन रेटका आधारमा स्कटल्यान्ड भन्दा अगाडि रहँदै अन्तिम आठमा पुग्ने पक्का भएको हो ।
गएराति अर्को खेलमा इङ्ल्यान्डले डकवर्थ लुइसका आधारमा नामिबियालाई ४१ रनले पराजित गरेको थियो । सो नतिजापछि सुपर एट पुग्न इङ्ल्यान्डका लागि अष्ट्रेलियाको जित आवश्यक थियो । अन्तिम ओभरसम्म पुगेको खेलमा अष्ट्रेलियाले हासिल गर्यो ।
अष्ट्रेलियाले समूह ‘बी’मा सबै ४ खेल जित्दै शीर्ष स्थानमा रह्यो । इङ्ल्यान्ड र स्कटल्यान्ड दुवैको ५-५ अंक भए पनि इङ्ल्यान्ड नेट रन रेटमा अघि रहँदै दोस्रो चरणमा प्रवेश गर्यो ।
स्कटल्यान्डले दिएको १ सय ८१ रनको लक्ष्य अष्ट्रेलियाले २ बल बाँकी छँदा पूरा गरेको थियो । अष्ट्रेलियाको जितमा ट्राभिस हेडले ४९ बलमा ५ चौका र ४ छक्का सहित सर्वाधिक ६८ रन बनाए ।
मार्कस स्टोईन्सले २९ बलमा ९ चौका र २ छक्का सहित ५९ रन जोडे । टिम डेविड २४ रनमा अविजित रहे ।स्कटल्यान्डका मार्क वाट र सफ्यान शरिफले २-२ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको स्कटल्यान्डले ५ विकेटको क्षतिमा १ सय ८० रन बनाएको थियो । स्कटल्यान्डका ब्रेन्डन मकमलनले ३० बलमा सर्वाधिक ६० रन बनाए ।
रिचि बेरिङटनले ४२ तथा जर्ज मुन्सीले ३५ रन जोडे ।अष्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले २ तथा एस्टन एगर, नेथन एलिस र एडम जाम्पाले १-१ विकेट लिए ।
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ । बिहीवार कर्णाली प्रदेश क्रिकेट संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]