default_image

8 months ago

June 15, 2024

कुशलले लिए अर्को विकेट

477 views

0 Bookmark

किङ्गसटाउन (हाम्रो खेलकुद)– नेपालले टि ट्वान्टी विश्व कपको आफ्नो तेस्रो खेलमा दक्षिण अफ्रिकाविरुद्ध कसिलो बलिङ गरेको छ ।

कुशल भुर्तेलले १३.२ ओभरमा व्यक्तिगत दोस्रो विकेट लिदा दक्षिण अफ्रिकाले ३ विकेटको क्षेतिमा ७३ रन बनाएको छ । कुशलको बलमा करण केसीले हेरिन्च क्लासेनको क्याच लिएका थिए ।

नेपालले दक्षिण अफ्रिकाको दोस्रो विकेट लिएको छ । कुशल भुर्तेलले १२ औं ओभरको दोस्रो बलमा कप्तान एडियन मार्कक्रमलाई बोल्ड गराएपछि दक्षिण अफ्रिका ६८/२ मा थियो । दक्षिण अफ्रिका विरुद्ध टि ट्वान्टी विश्वकपको समूह चरणको खेलमा मध्यम सुरुवात गरेको छ । १० ओभरको समाप्तीमा दक्षिण अफ्रिकाले १ विकेटको क्षतिमा ५७ रन बनाएको थियो ।

पहिलो सफलताका रुपमा दीपेन्द्रसिंह ऐरीले क्विन्टन डि ककको विकेट लिएका थिए । उनले चौथो ओभरको चौथो बलमा आफैले डि ककको क्याच लिएका थिए । डि कक ११ बलमा १० रन बनाउँँदै बाहिरिएका हुने । रिजा हेन्रिक्सले ३९ रनमा नटआउट छन् ।

नेपालले टस जितेर फिल्डिङ रोजेको थियो । प्लेइङ ११ मा समेटिएका सन्दीप लामिछानेले २ ओभरमा किफायती बलिङ गरेका छन् । उनले २ ओभरमा ४ रन खर्चेका छन् । सागर ढकालको ठाउँमा सन्दीपलाई टोलीमा समेटिएका हुन्। बाँकी नेदरल्यान्ड्ससँग पहिलो खेलकै टोली रहेको छ।

दुई फरक परिस्थितिका साथ नेपालले सिनियर क्रिकेटमा पहिलो पटक दक्षिण अफ्रिकाको सामना गर्दैछ । यसअघिका सबै ३ खेल जित्दै ६ अंकका साथ दक्षिण अफ्रिका विश्व कपको सुपर एटमा पुग्नेछ ।

अर्कोतर्फ नेपालले अमेरिकाको डालासमा भएको पहिलो खेलमा नेदरल्यान्ड्सँग ६ विकेटको हारबाट विश्व कपको यात्रा सुरु गरेको थियो । अघिल्लो चरण प्रवेशको सम्भावनालाई जीवित राख्न पनि नेपालले आजको खेल जित्नै पर्ने हुन्छ ।

दक्षिण अफ्रिकासँग हारको सामना गर्नु परेमा नेपाली टोली बंगलादेशको सामना गर्नुअघि नै विश्व कपबाट बाहिरिने छ । समूहमा बंगलादेश ४ अंकसहित दोस्रो स्थानमा छ । नेदरल्यान्ड्सको २ अंक छ ।

February 5, 2025

अर्जुन ट्रफी – घोडाघोडीमाथि बोष्टनको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]

February 5, 2025

पूजाको अर्धशतकका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]

February 5, 2025

शुभको अर्धशतकमा सिइसीको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]

Success

Thank you for your time.