7 months ago
June 15, 2024
किङ्कटाउन (हाम्रो खेलकुद)– नेपाललाई दक्षिण अफ्रिका विरुद्ध टि ट्वान्टी विश्वकपको समूह चरणको खेलमा पहिलो सफलता मिलेको छ । अलराउन्डर दीपेन्द्रसिंह ऐरीले दक्षिण अफ्रिकी ओपनर क्विन्टन डि ककको महत्वपूर्ण विकेट लिएका छन् ।
उनले चौथो ओभरको चौथो बलमा आफैले डि ककको क्याच लिएका थिए । डि कक ११ बलमा १० रन बनाउँँदै बाहिरिएका हुने । ३.४ ओभरमा एक विकेटको क्षेतिमा दक्षिण अफ्रिकाले २२ रन बनाएको छ । नेपालले टस जितेर फिल्डिङ रोजेको थियो ।
सन्दीप लामिछाने प्लेइङ ११ मा समेटिएका छन्। सागर ढकालको ठाउँमा सन्दीपलाई टोलीमा समेटिएका हुन्। बाँकी नेदरल्यान्ड्ससँग पहिलो खेलकै टोली रहेको छ।
January 11, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिवार विज्ञप्ति जारी गर्दै सिरिज माघ १७ देखि २५ (जनवरी ३० देखि फेब्रुअरी ७) गते सम्म हुने जनाएको छ । त्रिकोणात्मक सिरिज नेपालका, नेदरल्याण्ड्स र थाइल्याण्डको महिला टोलीको सहभागिता रहनेछ । सिरिजका सबै […]
January 11, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबका स्पिनर साहब आलमले ६ विकेट लिएसँगै मधेश प्रदेश फलोअनमा परेको छ । जय ट्रफी मेन्स एलिट कप प्रतियोगिताको पाँचौ खेलमा मधेश पहिलो इनिङमा आर्मी भन्दा १ सय रनले पछि परेसँगै फलोअनमा परेको हो । टेस्ट क्रिकेटमा कुनै टोली २ सय रनले पछि परे फलोअनमा पर्दछन् । दुईदिवसीय […]
January 11, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ब्याटरद्वय अमित श्रेष्ठ र अर्जुन साउदको अर्धशतकमा विभागीय टोली नेपाल पुलिस क्लबले बागमती प्रदेशमाथि फराकिलो अग्रता बनाएको छ । जय ट्रफी मेन्स एलिट कपको लिग चरणको अन्तिम खेलमा पुलिसले बागमती प्रदेशविरुद्ध पहिलो इनिङ्समा १ सय ३ रनको अग्रता बनाएको छ । पुलिसले पहिलो इनिङ्समा ४५.५ ओभरमा २ सय १५ रन जोडेको थियो […]