default_image

9 months ago

June 15, 2024

नेपाल जितेर फिल्डिङ गर्दै, सागरको ठाउँमा सन्दीप

1506 views

0 Bookmark

किङ्कटाउन (हाम्रो खेलकुद)- नेपालले दक्षिण अफ्रिका विरुद्ध टि ट्वान्टी विश्वकपको समूह चरणमा टस जितेर फिल्डिङ रोजेको छ।

सन्दीप लामिछाने प्लेइङ ११ मा समेटिएका छन्। सागर ढकालको ठाउँमा सन्दीपलाई टोलीमा समेटिएका हुन्। बाँकी नेदरल्यान्ड्ससँग पहिलो खेलकै टोली रहेको छ।

आइसिसी टि ट्वान्टी विश्वकपको समूह चरणको आफ्ना तेस्रो खेलमा नेपालले दक्षिण अफ्रिकाको सामना गर्दैछ । खेल स्थानीय समय अनुसार आज साँझ ७ः३० बजे (नेपाली समय अनुसार शनिबार बिहान ५ः१५ बजे) आर्नस भेल स्टेडियममा सुरु हुनेछ ।

दुई फरक परिस्थितिका साथ नेपालले सिनियर क्रिकेटमा पहिलो पटक दक्षिण अफ्रिकाको सामना गर्दैछ । यसअघिका सबै ३ खेल जित्दै ६ अंकका साथ दक्षिण अफ्रिका विश्व कपको सुपर एटमा पुग्नेछ ।

अर्कोतर्फ नेपालले अमेरिकाको डालासमा भएको पहिलो खेलमा नेदरल्यान्ड्सँग ६ विकेटको हारबाट विश्व कपको यात्रा सुरु गरेको थियो । अघिल्लो चरण प्रवेशको सम्भावनालाई जीवित राख्न पनि नेपालले आजको खेल जित्नै पर्ने हुन्छ ।

दक्षिण अफ्रिकासँग हारको सामना गर्नु परेमा नेपाली टोली बंगलादेशको सामना गर्नुअघि नै विश्व कपबाट बाहिरिने छ । समूहमा बंगलादेश ४ अंकसहित दोस्रो स्थानमा छ । नेदरल्यान्ड्सको २ अंक छ ।

अमेरिकाको फ्लोरिडामा हुनुपर्ने खेल वर्षाका कारण रद्द भएपछि नेपाल र श्रीलंकाले समान १ अंक बाढेका थिए । नेपाल र श्रीलंकाले यो विश्व कपमा जोडेको त्यो पहिलो अंक हो । त्यो खेल रद्दसँगै श्रीलंका प्रतियोगिताबाट बाहिरिसकेको छ ।

फ्लोरिडाबाट सेन्ट भिन्सेन्ट आइपुग्दा स्पिनर सन्दीप लामिछाने थपिनुले नेपाली टोलीको मनोबल पक्कै केही बढेको भने छ । सन्दीप ७ महिनापछि राष्ट्रिय टोलीमा फर्केका हुन् । उनले दक्षिण अफ्रिकाविरुद्ध दुई विकेट लिन सकेको खण्डमा टि ट्वान्टी आईमा उनको विकेट संख्या एक सय पुग्नेछ ।

नेपाली टोली
कुशल भुर्तेल, अशिफ खेस (विकेट किपर), अनिल शाह , रोहित पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्रसिंह एरी,सोमपाल कामी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, अभिनाष बोहोरा

March 6, 2025

दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ । बिहीवार कर्णाली प्रदेश क्रिकेट संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट […]

March 6, 2025

पृथुको कप्तानीमा बागमतीको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]

March 6, 2025

ललितपुर बन्यो बागमती छनोटको च्याम्पियन

काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]

Success

Thank you for your time.