9 months ago
June 14, 2024
एजेन्सी – अफगानिस्तान आइसिसी टि ट्वान्टी विश्वकपको सुपर ‘एट’ मा पुगेको छ । ट्रिनिडाडको टरुबामा शुक्रबार भएको समूह सीको खेलमा पपुवा न्युगिनी (पिएनजी) लाई ७ विकेटले हराउँदै ६ अंकका साथ अफगानिस्तान समूहको शीर्षस्थानमा रहेको छ ।
सह आयोजक वेस्ट इन्डिज समान अंकका साथ दोस्रो स्थानमा छ । २ अंक जोडेको युगान्डा न्युजिल्यान्ड र पिएनजी समूह चरणबाटै बाहिरिएका छन् । ९६ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले मात्र ३ विकेटको क्षेतिमा २९ बल अघि नै १ सय १ रन बनाएर खेल जितेको हो ।
टोलीलाई जित हिालउन गुलबदिन जइबले नटआउट सर्वाधिक ४९ रन बनाए । उनले ३७ बलमा ४ चौका र २ छक्का प्रहार गरे । मोहम्मद नाबीले २३ बलमा १ चौकासहित नआउट १६ रन जोडे । ओपनर रहमानदुल्लाह गुरबाजले ११, अजमतुल्लाले १३ रन जोडे । अर्का ओपनर इब्राहिम जार्डन शुन्यमा आउट भए । पपुवा न्युगिनीका लागि अलिइ नाओ, सेमो कमेइ र नोर्मान भानाउले समान १ विकेट लिए ।
त्यसअघि टस जितेर अफगानिस्तानले पपुवा न्युगिनीलाई पहिले ब्याटिङका लागि निम्ता दिएको थियो । पहिले बलिङको निर्णयलाई सहि साविक गराउने क्रमममा फजलहक फारुकीले ४ ओभरमा १६ रन खर्चेर ३ विके टलिए । नभिन उल हकले २.५ ओभरमा मात्र ४ रन दिएर २ विकेट लिए भने नुरु अहमले १ विकेट लिए ।
पपुवा न्युगिनीले १९.५ ओभरमा सबै विकेट गुमाएर ९५ रन बनाएको थियो । टोलीका लागि क्लिपिन डोरिगाले सर्वाधिक २७ रन बनाए । अलिइ नओले १३ र टोनी उराले ११ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन जोडेनन् । ३ ब्याटरले रनको खाता पनि खोल्न सकेनन् । अफगानिस्तान र वेस्ट इन्डिजबीचको खेलले समूह विजेताको टुंगो लाग्नेछ ।
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ । बिहीवार कर्णाली प्रदेश क्रिकेट संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]