9 months ago
June 14, 2024
प्रकाश तिमल्सिना, सेन्ट भिन्सेन्ट
आइसिसी टि ट्वान्टी विश्वकपको समूह चरणको आफ्ना अन्तिम २ का लागि बिहीबार सेन्ट भिन्सेन्ट आइपुगेको नेपाली टोली स्पिनर सन्दीप लामिछाने सहित अभ्यास गरेको छ।
दक्षिण अफ्रिकासँग शुक्रबार स्थानीय समय अनुसार साँझ ७:३० बजे (नेपाली समय अनुसार शनिबार बिहान ५:१५ बजे) खेल हुने मैदान आर्नस भेलमा बिहीबार साँझ ६:१५ बजेबाट अभ्यास सुरु गरेको छ।
नेपालस्थित अमेरिकी दुतावासले सन्दीपलाई भिसा नदिएपछि उनले अमेरिका भ्रमण गर्न पाएनन् । अन्तिम २ खेलका लागि नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई क्यानाडा हुँदै सेन्ट भिन्सेन्ट पठाएको बताइएको छ।
नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले सन्दीपले पछिल्लो केहि महिनाअघि प्रतिस्पर्धात्मक क्रिकेट नखेले पनि उनको खास फरक नपर्ने बताएका छन् । ‘सन्दीप दाई लामो समयदेखि व्यवसायिक क्रिकेट खेलिराख्नु भएको छ । त्यसैले केहि समय नखेलेर फरक पर्दैन,’ रोहितले प्रि म्याच कन्फ्रेन्समा भने ।
रोहितले बाँकी २ खेलमा राम्रो खेलेर अघि बढ्ने सम्भावना रहेको उल्लेख गर्दै भने,’ दक्षिण अफ्रिकासँग हामी पहिलो पटक खेल्दैछौं। उनीहरूलाई कम स्कोरमा रोकेर चेज गर्ने लक्ष्यसहित उत्रनेछौं।’
दक्षिण अफ्रिकाका बलर कागिसा रबाडाले सन्दीप अनुमान गर्न नसकिने उत्कृष्ट स्पिनर रहेको जनाउँदै आफूहरुले खेल्ने कुनै टोलीलाई कमजोरी नठान्ने बताए। सन् २०१७/१८ मा सन्दीप र रबाडा आइपिएल टोली दिल्लीमा थिए।
बलात्कार मुद्दामा सन्दीपलाई उच्च अदालत पाटनले गत महिना सफाई दिएपछि क्यानले निलम्बन फुकुवा गर्दै उनलाई विश्वकप टोलीमा समावेश गरेको थियो।
प्रतिश जिसीलाई हटाउँदै उनको ठाँउमा सन्दीपलाई १४ मा राखिएको छ। उनी दक्षिण अफ्रिकाको प्लेइङ ११ मा पर्ने सम्भावना छ। नेपालले सुपर ८ पुग्नका लागि अन्तिम २ खेल जित्नै पर्ने हुन्छ।
नेपाली टोली बिहीबार स्थानिय समय अनुसार ३:३० बजे सेन्ट भिन्सेन्ट आइपुगेको थियो । क्रिकेट टोली अमेरिकाको फ्लोरिडाको खराब मौसमका कारण बुधबार रोकिएको थियो।
अमेरिकाको फ्लोरिडाबाट नेपाली टोली बुधबार साँझ सेन्ट भिन्सेन्ट आउने तालिका रहेपनि लगातारको वर्षाका कारण उडान रद्द भएको थियो।
लगातारको वर्षाकै कारण नेपाल र श्रीलंकाबीच मंगलबार फ्लोरिडामा हुने खेल पनि रद्द भएको थियो।
सेन्ट भिन्सेन्टमा नेपाल र दक्षिण अफ्रिका बीच जुन शुक्रबार (नेपाली समय अनुसार शनिबार बिहान ५:१५ बजे) र नेपाल र बंगलादेशबीच आइतबार (नेपाली समय अनुसार सोमबार बिहान ५:१५ ) हुने तालिका छ।
आफ्नो पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो। समूहबाट ६ अंकसहित दक्षिण अफ्रिका सुपर एटमा पुगिसकेको छ। बंगलादेशको ४ अंक छ। नेदरल्याण्ड्स २ अंक तथा नेपाल १ अंक छ । १ अंक जोडेको श्रीलंका प्रतियोगिताबाट बाहिरिएको छ।
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ । बिहीवार कर्णाली प्रदेश क्रिकेट संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]