default_image

9 months ago

June 14, 2024

नेपाली क्रिकेट टोली सेन्ट भिन्सेन्ट आइपुग्यो

2468 views

0 Bookmark

सेन्ट भिन्सेन्ट (हाम्रो खेलकुद)- आइसिसी टि ट्वान्टी विश्वकपको समूह चरणको‌ आफ्ना अन्तिम २ का लागि बिहीबार स्थानिय समय अनुसार दिउँसो ३:३० बजे सेन्ट भिन्सेन्ट आइपुगेको छ।

नेपाली राष्ट्रिय क्रिकेट टोली अमेरिकाको‌ फ्लोरिडाको खराब मौसमका कारण बुधबार रोकिएको थियो।
फ्लोरिडाबाट नेपाली‌ टोली बुधबार साँझ सेन्ट भिन्सेन्ट आउने तालिका रहेपनि लगातारको वर्षाका कारण उडान रद्द भएको थियो।

लगातारको‌‌ वर्षाकै कारण नेपाल र श्रीलंकाबीच मंगलबार फ्लोरिडामा हुने खेल पनि रद्द भएको थियो।
सेन्ट भिन्सेन्टमा नेपाल र दक्षिण अफ्रिका बीच जुन शुक्रबार (नेपाली समय अनुसार शनिबार बिहान ५:१५ बजे) र नेपाल र बंगलादेशबीच आइतबार (नेपाली समय अनुसार सोमबार बिहान ५:१५ ) हुने तालिका छ।

आफ्नो पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले‌ पराजित भएको थियो। समूहबाट ६ अंकसहित दक्षिण अफ्रिका सुपर एटमा पुगिसकेको छ। बंगलादेशको ४ अंक छ। नेदरल्याण्ड्स २ अंक तथा नेपाल १ अंक छ । १ अंक जोडेको श्रीलंका प्रतियोगिताबाट बाहिरिएको छ।

March 6, 2025

दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ । बिहीवार कर्णाली प्रदेश क्रिकेट संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट […]

March 6, 2025

पृथुको कप्तानीमा बागमतीको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]

March 6, 2025

ललितपुर बन्यो बागमती छनोटको च्याम्पियन

काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]

Success

Thank you for your time.