default_image

9 months ago

June 14, 2024

बंगलादेशको नेदरल्याण्ड्सविरुद्ध जित

3790 views

0 Bookmark

एजेन्सी – आईसिसी टि-२० विश्वकपमा नेपाल रहेको समूह डी मा बंगलादेशले नेदरल्याण्ड्स माथि जित दर्ता गरेको छ । बंगलादेशले नेदरल्याण्ड्सलाई २५ रनले पराजित गरेको हो ।

बंगलादेशले दिएको १६० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३४ मात्र बनाउन सक्यो । राम्रो सुरुवात गरेको नेदरल्याण्ड्स जिततर्फ उन्मुख रहेको थियो । तर १५औं ओभरमा रिशाद होसेनले साईब्रान्ड एनगेलब्रेक्ट र बास डे लिडेको विकेट लिएपछि बंगलादेश खेलमा भारी परेको थियो ।

नेदरल्याण्ड्सका लागि एनगेलब्रेक्टले २२ बलमा सर्वाधिक ३३ रन बनाए । विक्रमजित सिंहले २६, कप्तान स्कट एडवर्ड्सले २५ तथा माइकल लेभिटले १८ रन जोडे । आर्यन दत्तले १५ तथा म्याक्स ओ’डाउडले १२ रन बनाए ।

बंगलादेशका लागि होसेनले ३ तथा तास्किन अहमदले २ तथा मुस्तफिजुर रहमानले र तान्जीम शकीबले १-१ विकेट लिए ।

त्यसअघि सेन्ट भिन्सेन्टमा टस गरेर पहिला ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५९ रन जोड्यो । बंगलादेशका लागि शाकीब अल हसनले ४६ बलमा ९ चौका सहित सर्वाधिक ६४ रन जोडे । तान्जिद हसनले ३५ रन बनाए भने महमुदुल्लाहले २५ रन जोडे । जाकेर अलीले १४ रन बनाए ।

नेदरल्याण्ड्सका लागि आर्यन दत्त र पल भ्यान मिकरनले २-२ तथा टिम प्रिंगलले १ विकेट लिए ।

जित पछि समूहमा दोस्रो स्थानमा रहेको बंगलादेशको ३ खेलमा ४ अंक पुगेको छ । नेदरल्याण्ड्सको ३ खेलमा २ अंक रहेको छ । सोही समूहमा नेपालको २ खेलमा १ अंक रहेको छ ।

बंगलादेशको जित पछि श्रीलंका एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको छ । श्रीलंकाको ३ खेलमा १ अंक मात्र रहेको छ । दक्षिण अफ्रिका ३ खेलमा ६ अंक सहित सुपर ८ मा प्रवेश गरिसकेको छ ।

March 6, 2025

दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ । बिहीवार कर्णाली प्रदेश क्रिकेट संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट […]

March 6, 2025

पृथुको कप्तानीमा बागमतीको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]

March 6, 2025

ललितपुर बन्यो बागमती छनोटको च्याम्पियन

काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]

Success

Thank you for your time.