default_image

9 months ago

June 12, 2024

‘श्रीलंकाविरुद्ध खेलेर अंक जोड्न चाहन्थ्यौं’ – प्रशिक्षक देशाइ

3486 views

0 Bookmark

फ्लोरिडा (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टि देशाइले आइसीसी टि२० विश्वकप अन्तर्गत समूह चरणको दोस्रो खेलमा श्रीलंकाविरुद्ध खेलेर नै अंक जोड्न चाहेको बताएका छन् ।

फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रंगशालामा वर्षाका कारण खेल रद्द हुँदा नेपाल र श्रीलंकाले १-१ अंक बाँडे । खेलपछि पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक देशाइले खेलेर नै अंक जोड्ने नेपालको चाहना रहेको बताए ।

‘हामीले अंक त जोड्यौं, तर हामी खेलेर अंक जोड्न चाहन्थ्यौं । मैदानको अवस्थाका कारण खेल सम्भव भएन । एकतर्फ पानी धेरै थियो र उपलब्ध सामग्री र व्यक्तिले खेल गराउन सक्ने अवस्था भएन । तर हामी खेल्न नै चाहन्थ्यौं,’ उनले भने ।

प्रशिक्षक देशाइले खेल नहुने अवस्थामा पनि दर्शक आएकोमा धन्यवाद दिए । ‘हामी ऋणी छौं । समर्थकहरुले हामीलाई विश्वको जुनसुकै कुनामा पनि साथ दिनुभएको छ । वहाँहरुको साथको लागि धन्यवाद’,’ उनले थपे ।

नेपालले अब वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा बाँकी दुई खेल खेल्नेछ । दक्षिण अफ्रीका र बंगलादेशविरुद्ध खेलका लागि स्पिनर सन्दीप लामिछाने टोलीमा थपिएका छन् । प्रशिक्षक देशाइले उनको आगमनले टोलीलाई थप बल पुग्ने बताए ।

‘सन्दीप हाम्रो विश्वकप यात्राको महत्त्वपूर्ण सदस्य थिए । उनको भूमिकाबारे सबैलाई थाहा छ । सन्दीप टोलीमा आउनुले हाम्रो टोलीलाई थप बल पुग्नेछ । हामीले वेस्ट इन्डिजको पिच स्पिनरलाई सहयोग पुग्ने देखेका छौं, तर यसपटक सेन्ट भिन्सेन्टमा के हुन्छ हेर्न बाँकी छ । हाम्रो अघि अर्को खेल हुँदैछ, त्यसमा हेर्नेछौं,’ देशाइले थपे ।

यता श्रीलंकाका स्पिनर महिश थिक्सनाले वर्षा आफ्नो नियन्त्रणमा नरहेको अभिव्यक्ति दिए । ‘हामीले सुरुवाती दुई खेल नै राम्रो खेलेनौं । आजको खेल त हाम्रो नियन्त्रण बाहिर थियो । अब गणितीय सम्भावना भन्दापनि हामी आफ्नो खेल राम्रो अन्त्य गर्ने प्रयास गर्नेछौं,’ उनले भने ।

नेपाली टोली बुधबार नै वेस्ट इन्डिज प्रस्थान गर्नेछ । नेपालको २ खेलमा १ अंक छ भने श्रीलंकाले ३ खेलमा १ अंक जोडेको छ । समूह डी मा दक्षिण अफ्रीका ३ खेलमा ६ अंक जोड्दै सुपर ८ मा प्रवेश गरेको छ । बंगलादेश र नेदरल्यान्ड्सको २ खेलमा २-२ अंक छ ।

March 6, 2025

दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ । बिहीवार कर्णाली प्रदेश क्रिकेट संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट […]

March 6, 2025

पृथुको कप्तानीमा बागमतीको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]

March 6, 2025

ललितपुर बन्यो बागमती छनोटको च्याम्पियन

काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]

Success

Thank you for your time.