9 months ago
June 12, 2024
फ्लोरिडा (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले श्रीलंकाको सामना गर्दैछ । वर्षाका कारण खेलको टस निर्धारित समयमा हुन सकेको छैन ।
फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रंगशालामा दुवै टोली मैदान आइपुगेका छन् । तर वर्षाका कारण मैदान भिजेको र टस हुन सकेको छैन । अहिले मैदानमा कभरमाथि रहेको पानी हटाउने काम भइरहेको छ ।
निर्धारित समय अनुसार नेपाली समयअनुसार विहान ४:४५ मा टस हुनुपर्ने थियो । खेलमा एक घण्टासम्म समय थप गर्ने प्रावधान रहेको छ । अब खेलको टस ५:४५ सम्म हुँदा ओभर घट्ने छैन । त्यसपछि भने ओभर घट्न सुरु हुनेछ ।
नेपालले पहिलो खेलमा नेदरल्यान्ड्ससँग हार बेहोरेको थियो । श्रीलंका भने सुरुवाती दुवै खेलमा हार बेहोर्दै कठिन अवस्थामा छ ।
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ । बिहीवार कर्णाली प्रदेश क्रिकेट संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]