8 months ago
June 11, 2024
धनगढी (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले आज फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान तथा खेल ग्रामको निरीक्षण गरेका छन् ।
मन्त्री श्रेष्ठलाई फाप्ला विकास समितिका अध्यक्ष सुबाश शाहीले डिपिआर र ईआईए लगायतका विषयमा जानकारी गराए । शाहीले डिपिआर अहिले प्रक्रियामा रहेको र तीन महिनामा तयार हुने उल्लेख गर्दै शाहीले दुई वर्ष अघि ४१ बिगा जग्गा फाप्ला विकास समितिको मातहतमा आएको पनि जानकारी दिए ।
प्रधानमन्त्रीको भारत भ्रमणमा फाप्ला क्रिकेट स्टेडियम निर्माणमा भारत सरकारले सहयोग गर्ने सहमति भएको थियो । डिपिआर तयार भए लगतै फाप्ला विकास समितिले परराष्ट्र मन्त्रालय मार्फत डिपिआर लगायतका विवरण भारत पठाउने तयारी गरेको बताइएको छ छ । समिति युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेको छ ।
मन्त्री श्रेष्ठको निरीक्षण लगतै फाप्ला खेलकुद विकास समितिको बोर्ड बैठक बसेको थियो। जहाँ अहिलेसम्मको प्रगति विवरण प्रस्तुत गरियो। मन्त्री श्रेष्ठले प्रगतिको जानकारी लिदै डिपिआर र ईआईएको काम समयमा नै पूरा गर्न निर्देशन दिए ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]