9 months ago
June 10, 2024
काठमाडौँ (हाम्रो खेलकुद) – बंगलादेशलाई रोमान्चक ढंगले पराजित गर्दै दक्षिण अफ्रीकाले आइसीसी टि-२० विश्वकपमा लगातार तेस्रो जित दर्ता गरेको छ । दक्षिण अफ्रिकाले बंगलादेश माथि ४ रनको जित दर्ता गरेको हो ।
अन्तिम बलसम्म पुगेको खेलमा दक्षिण अफ्रिकाले दिएको ११४ रनको सामान्य लक्ष्य पछ्याएको बंगलादेशले ७ विकेटको क्षतिमा १०९ रन मात्र बनाउन सक्यो ।
बंगलादेशलाई जितका लागि अन्तिम २ ओभरमा १८ रनको आवश्यकता थियो । ओलिभर बार्ट्मनले १९ औ ओभरमा ७ रन मात्र दिएपछि स्पिनर केशव महाराजको अन्तिम ओभरमा जितका लागि १२ रन चाहिएको थियो ।
महाराजले सुरुवातमा वाइड बल गरे । पहिलो बलमा महमदुल्लाहले १ रन लिए । दोस्रो बलमा जाकेर अलीले २ रन लिन सफल भए । तेस्रो बलमा जाकेर लङ-अनमा क्याच आउट भए । नयाँ ब्याटर रिशाद होसेनले चौथो बलमा लेग-बाइज सहित १ रन लिए ।
दुई बलमा ६ रनको आवश्यकता रहेकोमा महमादुल्लाह फुल-टस बलमा लङ-अनमा नै एइडन मार्क्रमद्वारा क्याच आउट भए । अन्तिम बलमा पनि ६ रन चाहिएको थियो । तर नयाँ ब्याटर तास्किन अहमदले १ रन मात्र लिन सकेपछि दक्षिण अफ्रीका विजयी भयो ।
बंगलादेशका लागि टोहिड हृदोयले ३४ बलमा २ चौका र २ छक्का सहित सर्वाधिक ३७ रन जोड्न सफल रहे । महमदुल्लाहके २० तथा नज्मुल हसन शान्टोले १४ रन बनाए । अन्य ब्याटर भने चल्न सकेनन् ।
दक्षिण अफ्रिकाका लागि केशव महाराजले ३ तथा कागीसो रबाडा र एनरिक नोर्ट्जेले २-२ विकेट लिए ।
त्यसअघि न्युयोर्कमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट मात्र गुमाएर ११३ रन जोड्यो । दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले ४४ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ४६ रन जोडे । डेविड मिलरले ३८ बलमा २९ रन बनाए भने ओपनर क्विन्टन डीककले ११ बलमा १८ रन जोडे ।
बंगलादेशका लागि तान्जिम सकिबले सर्वाधिक ३ विकेट लिए भने तास्किन अहमदले २ तथा रिशाद होस्सेनले १ विकेट लिए ।
जित पछि समूह ‘डी’ मा दक्षिण अफ्रिकाको ३ खेलमा ६ अंक भएको छ । बंगलादेश र नेदरल्यान्ड्सको समान २-२ खेलमा समान २-२ अंक रहेको छ भने नेपाल र श्रीलंका अंकविहिन छन् । नेपालले १ खेल खेलेको छ भने श्रीलंकाले २ खेल खेलेको छ ।
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ । बिहीवार कर्णाली प्रदेश क्रिकेट संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]