default_image

9 months ago

June 10, 2024

सन्दीपले वेस्ट इन्डिजमा विश्वकपका खेल खेल्ने !

4636 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय क्रिकेट टोलीका‌ सदस्य सन्दीप लामिछाने टि ट्वान्टी विश्वकपमा नेपालले वेस्ट इन्डिजमा खेल्ने अन्तिम दुई खेल खेल्ने भएका छन्।

नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार विज्ञप्ति जारी गर्दै सन्दीपले वेस्ट इन्डिजमा हुने खेलमा टोलीमा समावेश गरिने जानकारी दिएको छ। सन्दीपले दक्षिण अफ्रिका र बंगलादेशसँगको‌ खेल खेल्ने सम्भावना बढेको छ।

नेपालस्थित अमेरिकी दुतावासले सन्दीपलाई‌ दुवै पटक भिसा दिन अस्विकार गरेपछि सन्दीपले विश्वकप नखेल्ने सम्भावना बढेको थियो।

समूह डीमा मा रहेको‌ नेपालले डालासमा नेदरल्याण्ड्ससँगको खेल ६ विकेटले गुमाएको थियो। दोस्रो खेल मंगलबार श्रीलंकासँग फ्लोरिडामा खेल्नेछ। त्यसपछि नेपाली टोली‌ वेस्ट इन्डिज प्रस्थान गर्नेछ।

March 6, 2025

दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ । बिहीवार कर्णाली प्रदेश क्रिकेट संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट […]

March 6, 2025

पृथुको कप्तानीमा बागमतीको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]

March 6, 2025

ललितपुर बन्यो बागमती छनोटको च्याम्पियन

काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]

Success

Thank you for your time.