default_image

9 months ago

June 9, 2024

दक्षिण अफ्रिकाको नेदरल्याण्ड्समाथि कठिन जित

5524 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले शनिबार नेदरल्याण्ड्समाथि कठिन जित दर्ता गरेको छ । दक्षिण अफ्रिकाले नेदरल्याण्ड्सलाई ४ विकेटले पराजित हराउँदै लगातार दोस्रो जित दर्ता गर्यो ।

१ सय ४ रनको सामान्य लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १८.५ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । एक समय १२-४ को अवस्थाबाट डेभिड मिलर र ट्रिस्टन स्टब्सले दक्षिण अफ्रिकाको इनिङलाई स्थिर बनाउँदै जिततर्फ डोर्याएका थिए । मिलरले ५१ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै नटआउट ५९ रन बनाए । स्टब्स ३७ बलमा ३३ रनमा आउट भए ।

अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् । क्विन्टन डी कक कुनै पनि बलको सामना नगरी रनआउट हुँदै सुरु भएको इनिङमा लगातार विकेट खसेको थियो । तर मिलरको दृढताले टोलीलाई जितसम्म पुर्यायो ।

नेदरल्यान्ड्सका लागि भिभियन किङ्मा र लोगान भान बिककले २-२ विकेट लिएका थिए । बास डी लिड्स मात्र विकेट लिने अन्य बलर थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३ रन बनाएको थियो ।  साइब्रान्ड एंगलब्रेक्टले ४५ बलमा ४० रन बनाएका थिए । त्यस्तै भान बिकले २२ बलमा २३ रन बनाए । विक्रमजीत सिंहले १२ र स्कट एडवर्ड्सले १० रन जोडे ।

दक्षिण अफ्रिकाका लागि ओटनियल बारर्टम्यानले ४ विकेट लिए । मार्को जेन्सेन र एन्रिच नोर्टजेले समान २ विकेट लिए ।

समूह डी मा दक्षिण अफ्रिकाको २ खेलबाट ४ अंक भएको छ । बंगलादेशको एक खेलबाट २ अंक छ । नेदरल्याण्ड्सको २ खेलबाट २ अंक छ । नेपाल र श्रीलंकाको अंकविहिन छन् ।

March 6, 2025

दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ । बिहीवार कर्णाली प्रदेश क्रिकेट संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट […]

March 6, 2025

पृथुको कप्तानीमा बागमतीको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]

March 6, 2025

ललितपुर बन्यो बागमती छनोटको च्याम्पियन

काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]

Success

Thank you for your time.