9 months ago
June 8, 2024
डालास (हाम्रो खेलकुद)- नेपाल रहेको टि ट्वान्टी विश्वकपको समूहमा शुक्रबार बंगलादेशले श्रीलंकालाई २ विकेटले हराएको छ ।
१ सय २५ रनको लक्ष्य पछ्याएको बंगलादेशले १ ओभर बाँकी रहँदा ८ विकेट गुमाउँदै जित हासिल गरेको थियो।
एक समय २८ रनमा ३ विकेट गुमाइसकेको बंगलादेशका लागि टोहिड हृदोयले २० बलमा ३ छक्का र १ चौकासहित ४० रन बनाएपछि टोली जिततर्फ उन्मुख भएको थियो। लिटन दासले ३६ र जोडे । मोहमुदुल्लाले नटआउट १६ रन बनाए ।
श्रीलंकाका नुआन थासराले ४ र वानिन्दु हसरंगाले २ विकेटले लिए । डालस स्थित ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंकाले २० ओभरका ९ विकेट गुमाउँदै १ सय २४ रन बनाएको थियो।
श्रीलंकाका ओपनर पाथुम निसांकाले २८ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ४७ रन बनाए । धनन्जय डि सिल्भा २१, चरिथ असलंका १९ र एन्जिलो म्याथ्युजले १६ रन जोडे ।
कुशल मेन्डिस १०, कामिन्दु मेन्डिस ४, धनन्जय डि सिल्भा २१, चरिथ असलंका १९ र दासुन शानकाले ३ रन बनाए ।
श्रीलंका एक समय ८.४ ओभरमा ७० रनमा २ विकेट मात्र गुमाएको थियो । मुश्ताफिजुर रहमानले पाथुम निसांकालाई आउट गरेपछि श्रीलंकाले खुलेर खेल्न सकेन ।
बंगलादेशका लेग स्पिनर रिसाद हसन र मुश्ताफिजुर रहमानले समान ३,तस्किन अहमदले २ र तान्जिम हसन सकिबले १ विकेट लिए ।
समूह डीमा श्रीलंकाले लगातार दोस्रो हार बेहोरेको छ । श्रीलंका पहिलो खेलमा दक्षिण अफ्रिकासँग ६ विकेटले पराजित भएको थियो।
दक्षिण अफ्रिका,नेदरल्याण्ड्स र बंगलादेशले १ खेल जितेका छन्। नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग ६ विकेटले गुमाएको थियो। नेपाल र श्रीलंकाबीच मंगलबार अमेरिकाको फ्लोरिडामा खेल हुनेछ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]