default_image

3 months ago

June 8, 2024

एसोसिएट टोलीको टेस्ट राष्ट्र माथि अर्को जित

4228 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एसोसिएट राष्ट्र क्यानाडाले टेस्ट राष्ट्र आयरल्यान्ड माथि जित दर्ता गर्दै एसोसिएट राष्ट्रको आइसिसी टि-२० विश्वकप २०२४ को सहभागितामा अर्को एक नयाँ आयाम थप गरेको छ । शुक्रवार न्यूयोर्कमा भएको खेलमा क्यानाडाले आयरल्यान्ड माथि क्यानाडाले १२ रनको जित निकालेको हो ।

बिहीबार मात्र अमेरिकाले बलियो टेस्ट राष्ट्र पाकिस्तानमाथि सनसनीपूर्ण जित दर्ता गरेको छ । त्यसको अर्को दिन आज नै क्यानाडाले आयरल्यान्डलाई हराएको हो ।

टस हारेर पहिला ब्याटिङ गरेको क्यानाडाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३७ रन बनाएको थियो । क्यानाडाका निकोलस किर्तन अर्धशतकबाट एक रनले चुके । उनले ३५ बलमा ३ चौका र २ छक्का सहित ४९ रन बनाए । यस्तै श्रेयस मोभ्भाले ३६ बलमा ३७ रन बनाए । पर्गत सिंहले १८ रन जोडे ।

आयरल्यान्डका लागि क्रेज योङ र व्यारी मक्कार्थिले समान २-२ विकेट लिए भने जोशुवा लिटल र ग्यारेथ डिलेनीले १-१ विकेट लिए ।

जवाफमा आयरल्यान्डले ७ विकेटको क्षतिमा १२५ रन मात्र जोड्न सक्यो । आयरल्यान्डका लागि मार्क अडेयरको ३४ रन नी सर्वाधिक रह्यो । उनले २४ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे । यस्तै जर्ज डकरेलले ३० रन जोडे ।

क्यानाडाको जितमा जेरेमी गोर्डन र डिलन हेलिगरले २-२ तथा जुनेद सिद्दिकी र साद विन जफरले १-१ विकेट लिए ।

समूह ए मा क्यानाडाको २ खेलमा यो पहिलो जित हो । आयरल्यान्डको भने यो २ खेलमा दोस्रो हार हो । यस समूहमा अमेरिकाको २ खेलमा ४ अंक रहेको छ । भारतको १ खेलमा २ अंक छ भने पाकिस्तान १ खेलमा अंकविहिन छ ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.