default_image

3 months ago

June 5, 2024

विश्व कपको पहिलो खेलमा नेपालको हार

4940 views

0 Bookmark

डालास (हाम्रो खेलकुद) – नेदरल्याण्ड्स विरुद्ध आइसीसी टि-२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ । समूह ‘डी’ अन्तर्गतको खेलमा नेपाल मंगलबार नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १ सय ७ रनको सामान्य लक्ष्य नेदरल्याण्ड्सले १८.४ ओभरमा ४ विकेट गुमाएर भेटायो । अन्तिम ३ ओभरमा नेदरल्याण्ड्सलाई जितका लागि १९ रनको आवश्यकता थियो । सोमपाल कामीको १८औ ओभरमा नेदरल्याण्ड्सले ६ सिंगल सहित ६ रन बनाएको थियो । सो ओभरमा म्याक्स ओ’डाउडको क्याच कप्तान रोहित पौडेलले छोडेका थिए । 

अविनाश बोहोराको १९औ ओभरको पहिलो र दोस्रो बलमा ओ’डाउडले चौका र छक्का प्रहार गर्दै खेल नेपालको हातबाट टाढा लागे । तेस्रो बलमा उनले १ रन लिए । चौथो बलमा डे लिडेले चौका प्रहार गर्दै नेदरल्याण्ड्सको जित सुनिश्चित गरे ।

ओ’डाउडले ४८ बलमा ४ चौका र १ छक्कासहित ५४ रन बनाएर अविजित इनिङ खेले । डे लिडे १० बलमा ११ रन बनाएर अर्कोतर्फ नटआउट रहे ।

रन रोक्न सफल रहेपनि विकेट निकाल्न नसक्दा नेपाल जितविहिन रह्यो । नेपालले दोस्रो ओभरमै डच ओपनर माइकल लेभिटलाई आउट हार्दै पहिलो विकेट लिएको थियो । लेभिट सोम्पलदको बलमा १ रन बनाएर दिपेन्द्र सिंह ऐरीको हातबाट क्याच आउट भएका थिए । तेस्रो नम्बरमा आएका विक्रमजित सिंहलाई नवौ ओभरमा दिपेन्द्रले २२ रनमा एलबिडब्लु आउट गराए । उनले २८ बलमा ४ चौका प्रहार गरे ।

 तेस्रो विकेटका रुपमा साइब्राण्ड एङगलब्रेक्ट १६ बलमा १४ रन बनाएर १४औ ओभरमा रनआउट भए । सोहि ओभरमा स्कट एडवार्ड्स आउट भएपनि रिभ्यु लिएर क्रिजमा रहन सफल रहेका थिए । तर १६औ ओभरमा उनी अविनाश बोहोराको बलमा ५ रन बनाएर बोल्ड भए । त्यसपछि भने कुनै विकेट खस्न नसक्दा नेपाल पराजय भोग्न बाध्य भयो ।

नेपालका लागि सोमपाल , दिपेन्द्र सिंह ऐरी र अविनाशले समान १ विकेट लिए । सोमपालले ४ ओभरमा १८ रन खर्चिए । दिपेन्द्रले २ ओभरमा ६ रन मात्र दिए भने अविनाशले ३.४ ओभरमा २९ रन दिए । 

करण केसीले ३ ओभरमा १७ रन दिंदै विकेटविहिन रहे । गुलशन झाले २ ओभरमा १७ रन दिँदा सागर ढकालले ४ ओभर बलिङ गर्दै २१ रन खर्चिए ।   

त्यसअघि अमेरिकाको डालास शहर स्थित ग्राण्ड प्रेरी मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको नेपाल १९.२ ओभरमा १ सय ६ रनको सामान्य योगफलमा समेटियो ।

नेपालका लागि कप्तान रोहितले ३७ बलमा ५ चौका प्रहार गर्दै सर्वाधिक ३५ रन बनाए । अर्कोतर्फ इनिङको मध्यभागमा लगातार विकेट खसेपछि उनले राम्रो साथ भने पाउन सकेनन् ।    

नेपालले सुरुवातमै दुई विकेट गुमाउन पुगेको थियो । नेपालले दुवै ओपनरलाई तेस्रो ओभर भित्र गुमाएको थियो । खराब सुरुवाट पछि कप्तान रोहित पौडेल एकतर्फ डटेर क्रिजमा रहिरहे । 

ओपनर आसिफ दोस्रो ओभरको अन्तिम बलमा टिम प्रिन्गलको बलमा सट थर्ड म्यानमा भिभियन किन्ग्माद्वारा क्याच आउट भए । उनले ८ बलमा ४ रन बनाए । तेस्रो ओभरको पहिलो बलमा अर्का ओपनर कुशल भुर्तेल लोगन भ्यान बिकको शिकार बने । उनलाई भ्यान बिकले एलबिडब्लु शिकार बने ।

तेस्रो विकेट पनि प्रिन्गलले नै लिए । आठौ ओभरको चौथो बलमा अनिल स्विप सट खेल्ने क्रममा इस्वेर लेगको फिल्डर लोगन भ्यान बिकद्वारा क्याच आउट भए । अनिलले १२ बलमा २ चौका सहित ११ रन बनाए ।

केहि आशालाग्दो सुरुवात गरेका कुशल मल्लले पनि ठुलो स्कोर बनाउन सकेनन् । उनलाई पल भ्यान मिकरनले १०औ ओभरमा म्याक्स ओ’डाउडको हातबाट ९ रन बनाउँदा क्याच आउट गराए । दीपेन्द्र १ रन बनाएर बास डे लिडेको बलमा स्लिपमा क्याच आउट भए ।

सोमपाललाई १४औ ओभरमा भ्यान मिकरनले शुन्यमा बोल्ड गरे । त्यसपछि सातौँ विकेटका लागि रोहित र गुलशन मिलेर सम्हालिएको ब्याटिङ गरेका थिए । सो साझेदारी प्रिन्गलले १६औ ओभरमा रोहितलाई आउट गरेर तोडे ।   

करणले केहि विष्फोटक अन्त्य गर्ने प्रयास गरे । १२ बलमा २ छक्कासहित १७ रन बनाएर उनी १९औ ओभरमा डे लिडेको शिकार बने । गुलशनलाई भ्यान बिकले १५ बलमा १४ रन बनाएको अवस्थामा बोल्ड आउट गरे । अविनाश बोहोरा पनि भ्यान बिकद्वारा पहिलो बलमा शुन्यमा बोल्ड भए । 

नेदरल्याण्ड्सका लागि टिम प्रिन्गल र लोगन भ्यान बिकले समान ३ विकेट लिए । प्रिन्गलले ४ ओभरमा २० रन दिए भने भ्यान बिकले ३.२ ओभरमा १८ रन दिए । भ्यान मिकरन र डे लिडेको नाममा २-२ विकेट रह्यो । भ्यान मिकरनले ४ ओभरमा १९ रन खर्चिंदा डे लिडेले ४ ओभरमा १ मेडन सहित २२ रन दिए । भिभियन किङ्गमाले ४ ओभरमा २३ रन दिए ।  

नेपालले अब समूहमा आफ्नो दोस्रो खेल जुन ११ मा श्रीलंका विरुद्ध खेल्नेछ । सो खेल फ्लोरिडामा हुनेछ । त्यसपछि दक्षिण अफ्रिका र बंगलादेश विरुद्ध खेल्न नेपाल वेस्ट इन्डिज प्रस्थान गर्नेछ ।  

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.