9 months ago
June 4, 2024
डालास (हाम्रो खेलकुद)– आइसीसी टि२० विश्वकप २०२४ को आफ्नो पहिलो खेलमा नेपालले नेदरल्याण्ड्स विरुद्ध टस हारेको छ । नेदरल्याण्ड्सका कप्तान स्कट एडवर्ड्सले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला ब्याटिङ गर्ने भएको हो ।
नेपालको टोलीमा नियमित खेलाडी सन्दीप जोरा सहित कमल सिंह ऐरी, प्रतिश जिसी र ललित राजवंशी टोलीबाट बाहिर रहेका छन् । नेपालले सागर ढकाललाई पहिलो रोजाईको स्पिनरको रूपमा मैदान उतार्ने छ भने ललित राजवंशी ११ मा परेका छैनन् ।
नेपाली टोली:
रोहित पौडेल (कप्तान), आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, करण केसी, गुलसन झा, सोमपाल कामी, अविनाश बोहरा, सागर ढकाल,
बेन्च: कमलसिंह ऐरी, प्रतिश जीसी, सन्दीप जोरा, ललित राजवंशी,
नेपाली क्रिकेट टोलीले अघिल्लो चरणको आशा कायम राख्नका लागि आजको खेल जित्नु पर्ने हुन्छ । खेल नेपाल समय अनुसार ९:१५ बजे (स्थानिय समय अनुसार विहान १०:३० बजे) सुरु हुनेछ ।
दुवै टोली जितका साथ यात्राको प्रारम्भ गर्न चाहन्छन् । प्रिमियर कप अघि देखि नै लगातार टि२० क्रिकेट खेल्दै आएको गत महिनाा नै अमेरिका आइसकेको थियो । यो बीचमा टोली वेस्ट इन्डिज पुगेर ३ अभ्यास खेलेर फर्केको थियो ।
अमेरिका फर्केपछि ह्युस्टनमा स्थानिय टोली ह्युस्टन हरिकेन्स सँग २ खेल खेलेर नेपाली टोली विश्वकप हुने स्थल डालास पुगेको थियो । विश्वकपको वार्म अप खेलमा भने नेपाल क्यानाडासँग पराजित भएको थियो । नेदरल्यान्ड्सले भने श्रीलंकालाई हराएको थियो । वर्षाका कारण नेपाल र नेदरल्यान्ड्स दुवैले दोस्रो अभ्यास खेल भने खेल्न पाएनन् ।
डालासस्थित झन्डै १० हजार दर्शक क्षमता भएको ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा ८० प्रतिशत भन्दा बढ्री नेपाली दर्शकको उपस्थिति हुन अपेक्षा गरिएको छ ।
नेदरल्यान्ड्सका प्रशिक्षक रायन कुक नेपालसँग पहिला पनि खेलेपनि विश्व कपको पहिलो खेल महत्त्वपूर्ण हुने बताए ।
नेपाल र नेदरल्यान्ड्स रहेको समूह डीमा आज दक्षिण अफ्रिकाले श्रीलंकालाई ६ विकेटले पराजित गरेको छ । समूहमा अर्को टोली बंगलादेश रहेको छ । सबैले एकअर्कासँग खेलेपछि समूहका शीर्ष २ टोली सुपर ८ मा पुग्नेछन् ।
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ । बिहीवार कर्णाली प्रदेश क्रिकेट संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]