default_image

9 months ago

June 4, 2024

आउटफिल्ड भिजेका कारण नेपाल र नेदरल्याण्ड्स बीच टसमा ढिलाइ

2808 views

0 Bookmark

डालास (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप २०२४ को आफ्नो पहिलो खेलमा नेपालले नेदरल्याण्ड्स विरुद्धको खेलमा टसमा ढिलाइ भएको छ । वर्षाका कारण मैदान भिजेका कारण टसमा ढिलाइ भएको हो ।

हाल मैदानमा वर्षा नभएपनि मैदानमा पानी रहेका कारण टसमा ३० मिनेट ढिलाइ हुने भएको हो । अब नेपाली समय अनुसार ९:१५ मा टस हुनेछ भने ९:४५ बजे खेल सुरु हुने ताजा अपडेट रहेको छ ।

अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना भइरहेको विश्वकपमा दुवै टोली पहिलो खेल खेल्दैछन् । दुवै टोली जितका साथ यात्राको प्रारम्भ गर्न चाहन्छन् । प्रिमियर कप अघि देखि नै लगातार टि२० क्रिकेट खेल्दै आएको गत महिनाा नै अमेरिका आइसकेको थियो । यो बीचमा टोली वेस्ट इन्डिज पुगेर ३ अभ्यास खेलेर फर्केको थियो ।

अमेरिका फर्केपछि ह्युस्टनमा स्थानिय टोली ह्युस्टन हरिकेन्स सँग २ खेल खेलेर नेपाली टोली विश्वकप हुने स्थल डालास पुगेको थियो । विश्वकपको वार्म अप खेलमा भने नेपाल क्यानाडासँग पराजित भएको थियो । नेदरल्यान्ड्सले भने श्रीलंकालाई हराएको थियो । वर्षाका कारण नेपाल र नेदरल्यान्ड्स दुवैले दोस्रो अभ्यास खेल भने खेल्न पाएनन् ।

टि२०आईमा नेपालका लागि नेदरल्यान्ड्स परिचित टोली हो । यी दुई टोलीले सन् २०१५ यता ३ महिना अघि सम्म १२ खेल खेलिसकेका छन् । त्यसमा नेपालले ५ खेल र नेदरल्यान्ड्सले ६ खेल जितेको छ । एउटा खेल भने नतिजा खेल निस्केन । नेपालले ५ मध्ये ३ खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा जितेको थियो ।

नेपाली टोलीका कप्तान रोहित पौडेलले कीर्तिपुरकै मैदानको झल्को हुने आशा गरेको बताएका छन् । डालासस्थित झन्डै १० हजार दर्शक क्षमता भएको ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा ८० प्रतिशत भन्दा बढ्री नेपाली दर्शकको उपस्थिति हुन अपेक्षा गरिएको छ । केहि खेल यता विश्व कप महोलको महसुस भइसकेको जनाउँदै रोहितले सफलता सुरुवातका लागि प्रयास गर्ने बताएका छन् ।

नेदरल्यान्ड्सका प्रशिक्षक रायन कुक नेपालसँग पहिला पनि खेलेपनि विश्व कपको पहिलो खेल महत्त्वपूर्ण हुने बताए ।नेपाल र नेदरल्यान्ड्स रहेको समूह डीमा आज दक्षिण अफ्रिकाले श्रीलंकालाई ६ विकेटले पराजित गरेको छ । समूहमा अर्को टोली बंगलादेश रहेको छ । सबैले एकअर्कासँग खेलेपछि समूहका शीर्ष २ टोली सुपर ८ मा पुग्नेछन् ।

March 6, 2025

दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ । बिहीवार कर्णाली प्रदेश क्रिकेट संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट […]

March 6, 2025

पृथुको कप्तानीमा बागमतीको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]

March 6, 2025

ललितपुर बन्यो बागमती छनोटको च्याम्पियन

काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]

Success

Thank you for your time.