default_image

9 months ago

June 4, 2024

नेपालको विश्वकप टोलीबाट अध्यक्ष हटाएर डाक्टर थपिए

3190 views

0 Bookmark

डालास (हाम्रो खेलकुद) – आइसीसी मेन्स टि२० विश्वकप २०२४ अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीमा अफिसियल परिवर्तन भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले सुरुवातमा बुझाएको सुचिबाट अध्यक्ष चतुरबहादुर चन्दलाई बाहिर राख्दै टिममा डाक्टर थपिएका छन् । क्यानले अध्यक्ष चतुरबहादुर चन्दको नाम नेपालको अधिकारिक टोलीमा समेट्दै आइसीसीलाई पठाएपछि सर्वत्र आलोचना भएको थियो ।

टोलीमा व्यवस्थापक र टिम लिडरको भूमिकामा दुई कार्यसमिति सदस्य रहिसकेको अवस्थामा अध्यक्ष पनि विना भूमिका टोलीमा समावेश भएका थिए । तर आइसीसीले सूची पाएलगत्तै टोलीमा अन्य आवश्यक भूमिकामा अफिसियल नरहेको र खेलको दिन टिम डाक्टर अनिवार्य राख्नुपर्ने नियम देखाउँदै अफिसियल परिवर्तन गर्न निर्देशन दिएको थियो ।

त्यसै अनुसार क्यानले अध्यक्षको स्थानमा डाक्टर टोलीमा समावेश गरेको हो । नेपालबाट डाक्टर झिकाउन सम्भव नभएपछि अमेरिकामै रहेका नेपाली होम नाथ पन्त टोलीमा थपिएका छन् । अमेरिकाको मेरिल्याण्डमा बस्दै आएका पन्त अब टोलीसँगै वेस्ट इन्डिजसम्म टोलीमा रहनेछन् ।

यसबाहेक टोलीमा १५ खेलाडी र ९ अफिसियल भने नियमित नै छन् । टोलीमा फिजियो विक्रम न्यौपाने लामो समयदेखि साथ रहेकाले पन्तलाई आवश्यक पर्दा काम गर्न सहज हुने देखिन्छ । क्यानले प्रतियोगिताका लागि सुरुवातमै डाक्टर अनिवार्य रहेको नियम बेवास्ता गर्दा अन्तिम समयमा टोलीभन्दा बाहिर रहेका व्यक्तिलाई अकस्मात विश्वकप टोलीमा समावेश गर्नुपरेको हो ।

नेपाली टिम :

रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, सन्दीप जोरा, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, करण केसी, सागर ढकाल, अभिनाश बोहोरा, ललित नारायण राजवंशी, प्रतिश जिसी, कमल सिंह ऐरी

अफिसियल:

मोन्टि देशाइ (प्रशिक्षक), वसन्त शाही (सहायक प्रशिक्षक), नन्दन फाद्निस (क्रिकेट कन्सल्टेन्ट), रड एस्टविक (बलिङ कन्सल्टेन्ट), विक्रम न्यौपाने (फिजियो), रमण शिवाकोटी (एनालिस्ट), अब्दुल शतार (फिटनेस ट्रेनर), प्रदीप मजगैया (व्यवस्थापक), दिवाकर घले (टिम लिडर), होम नाथ पन्त (डाक्टर)

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

March 14, 2025

पिएम कप – बागमतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]

March 14, 2025

नेपालको सान्त्वना जित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]

Success

Thank you for your time.