default_image

9 months ago

June 4, 2024

नेपाललाई खतरा बन्न सक्ने ३ डच खेलाडी

7783 views

0 Bookmark

सुबास हुमागाईं, डालास

आइसीसी टि२० विश्वकप २०२४ अन्तर्गत समूह चरणको पहिलो खेलमा मंगलबार नेपाल र नेदरल्यान्ड्स भिड्दैछन् । खेल नेपाली समयअनुसार रातको ९:१५ बजे ग्रान्ड प्रेरी रंगशालामा सुरु हुनेछ ।

नेपाल र नेदरल्यान्ड्सले केही महिनाअघि मात्र नेपालमा सम्पन्न सिरिजमा खेलेका थिए । त्यसबेला भने डच टोलीमा केही मुख्य खेलाडी अनुपस्थित थिए । नेपालले लिग चरणमा एक खेल जित्दा नेदरल्यान्ड्सले लिगको एक र फाइनल खेल पनि जितेको थियो ।

उक्त टोलीमा केही मुख्य खेलाडी थप्दै नेदरल्यान्ड्स पनि यस विश्वकपको पहिलो खेलमा नेपालको सामना गर्दैछ । यसपटक नेपालका लागि खतरा बन्न सक्ने खेलाडी यसप्रकार छन् :

१. म्याक्स ओ’डाउड

ओपनर म्याक्स आक्रामक ब्याटिङका लागि परिचित छन् । विश्वकपका लागि तयारीस्वरूप आयोजना गरिएको त्रिकोणात्मक सिरिजमा म्याक्सले आयरल्यान्ड र स्कटल्यान्डविरुद्ध राम्रो प्रदर्शन गरेका थिए ।

म्याक्सले हालसम्म टि२०आईमा १ शतक सहित १७ सय ७४ रन जोडेका छन् । २९ को औसतमा रन जोड्ने उनले १ सय २१ को स्ट्राइक रेटमा रन बनाउँदै आएका छन् । म्याक्सले आवश्यक पर्दा अफ स्पिन बलिङ पनि गर्छन् ।

२. बास डे लिड

अलराउन्डर बास डे लिड आधुनिक क्रिकेटमा हरेक टोलीले चाहने अलराउन्ड भूमिका निर्वाह गर्ने खेलाडी हुन् । तीव्र गतिमा बलिङ गर्ने उनले शीर्षक्रममा पनि ब्याटिङ गर्न सक्छन् । दुवै भूमिकामा राम्रो प्रदर्शन गर्दै आएका उनी डरहमबाट काउन्टी क्रिकेट खेल्छन् ।

३० को औसतमा ६ सय ७७ रन बनाएका उनले बलिङतर्फ पनि १७ को औसतमा ३० विकेट हात पारेका छन् । उनले ३१ इनिङमा ४ अर्धशतक बनाइसकेका छन् ।

१. पल भान मीकरेन

तीव्र गतिका बलर पल भान मिकरेनलाई नेपालबारे राम्रोसँग थाहा छ । पछिल्लो नेपाल भ्रमण गुमाएपनि उनले नेपालको घरेलु लिगकै अनुभव बोकेका छन् । यसबाहेक उनले पटक पटक नेपालविरुद्ध डच टोलीको लागि खेलेका छन् ।

यसपटक टोलीको मुख्य बलरको भूमिकामा उनीमाथि अझ जिम्मेवारी छ । हालसम्म ६१ खेलमा २० को औसतमा ६९ विकेट निकालेका उनी नेपाली ओपनरका लागि घातक हुन सक्छन् । डेथ ओभर र पावरप्लेमा बलिङ गर्ने भएपनि उनको करिअर इकोनोमी ७.०२ मात्र छ ।

March 6, 2025

दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ । बिहीवार कर्णाली प्रदेश क्रिकेट संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट […]

March 6, 2025

पृथुको कप्तानीमा बागमतीको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]

March 6, 2025

ललितपुर बन्यो बागमती छनोटको च्याम्पियन

काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]

Success

Thank you for your time.