9 months ago
June 3, 2024
डालास (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले वेस्टइन्डिज र अमेरिकामा जारी आइसीसी मेन्स टि२० विश्वकपको पुरस्कार राशी सार्वजनिक गरेको छ ।
आइसीसीले यसपटक विश्वकप इतिहासकै सर्वाधिक पुरस्कार राशी घोषणा गर्ने क्रममा विजेतालाई २४ लाख ५० हजार अमेरिकी डलर अर्थात् झन्डै ३२ करोड ५० लाख रुपैयाँ दिने घोषणा गरेको छ । यससंगै उपविजेताले १६ करोड रुपैयाँ प्राप्त गर्नेछन् ।
सेमिफाइनलमा पराजित हुने टोलीले साढे ११ करोड रुपैयाँ प्राप्त गर्दा सुपर ८ मा प्रतिस्पर्धा गर्ने टोलीले पनि कम्तिमा ५ करोड रुपैयाँ पाउनेछन् ।
विश्वकपको समूह चरणमा तेस्रो हुने चार टोलीले ३ करोड ३० लाख रुपैयाँ पाउँदा हरेक समूहको पुछारका दुई टोलीले झन्डै ३ करोड रुपैयाँ प्राप्त गर्नेछन् । हरेक टोलीले विश्वकपमा खेल जित्दा ४० लाख रुपैयाँ अतिरिक्त पुरस्कार प्राप्त गर्नेछन् ।
नेपाल यसपटक विश्वकपको समूह डी मा रहेको छ । नेपाल रहेको समूहमा दक्षिण अफ्रीका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स छन् । नेपालले पहिलो खेल मंगलबार खेल्दैछ । खेल नेपाली समयअनुसार रातको ९:१५ बजे (स्थानीय समय विहान १०:३० बजे) सुरु हुनेछ ।
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ । बिहीवार कर्णाली प्रदेश क्रिकेट संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]