default_image

9 months ago

May 27, 2024

नेपाललाई क्यानाडाविरुद्ध बलियो लक्ष्य

2852 views

0 Bookmark

ड्यालास (हाम्रो खेलकुद) – आइसिसी टि-२० विश्वकप अन्तर्गत आफ्नो पहिलो वार्म अप खेलमा नेपालले क्यानाडाविरुद्ध बलियो लक्ष्य पाएको छ । ग्रान्ड प्रेरि मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको क्यानाडाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ८३ रन बनाएको छ ।

अन्तिम केही ओभरमा नेपाली बलर महंगो सावित हुँदा क्यानाडाले बलियो योगफल खडा गरेको हो । १ सय ३५ रनमा सातौं विकेट खसेको क्यानाडाले रविन्द्रपाल सिंहको इनिङको मद्दतमा अन्तिम १५ बलमा ४८ रन जोडेको थियो । तल्लो क्रमका ब्याटर रविन्द्रपालले १७ बलमा १ चौका र ४ छक्का सहित ४१ रनको विष्फोटक इनिङ खेलेका हुन् ।

क्यानाडाका लागि निकोलस किर्तनले ३९ बल खेल्दै ४ चौका र २ छक्का सहित सर्वाधिक ५१ रन बनाए । ओपनर नभनित धलिवालले २७ बलमा ३२ रन बनाए । पर्गत सिंह र डिलन हेलिगरले समान १३ रन बनाए।

नेपालका लागि अविनाश बोहोराले ३ ओभरमा २७ रन खर्चिदै २ विकेट लिए । करन केसीले ३ ओभरमा ३४ तथा सोमपाल कामीले ३ ओभरमा ३३ रन दिँदै समान १ विकेट लिए । गुलशन झा, ललित राजवंशी र सागर ढकालले पनि १-१ विकेट नै लिए ।

दोस्रो वार्म अप खेल नेपालले अमेरिकासँग मे ३० मा खेल्नेछ ।

जुन १ बाट सुरु हुने विश्व कपमा नेपालले पहिलो खेल जुन ५ मा नेदरल्यान्ड्ससँग खेल्नेछ। जुन ११ मा श्रीलंका, जुन १४ मा दक्षिण अफ्रिका र जुन १६ मा बंगलादेशसँग खेल्नेछ ।

यसपटकको विश्व कप अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना गर्दैछन् । यसबीचमा नेपालले वेस्ट इन्डिजमा पनि ३ अभ्यास खेल खेलेको थियो ।

वेस्ट इन्डिजामा विनवार्ड भोल्क्यानोजसँगको ३ खेल नेपालले २-१ ले जितेको थियो । त्यसपछि अमेरिका फर्केका नेपाली टोलीले ह्युस्टनमा ह्युस्टन हरिके्रन्ससँग दुवै खेल जितेको थियो ।

March 7, 2025

अंकितको कप्तानीमा कोशीको टिम घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप (पिएम) एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कोशी प्रदेश टोलीको घोषणा भएको छ । कोशी प्रदेश क्रिकेट संघले बिहीवार अंकित सुवेदीको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । पिएम कप आइतवार सुरु हुदैछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुँदैछ । यसपटक लुम्बिनी प्रदेशका ३ क्रिकेट मैदानमा […]

March 6, 2025

दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ । बिहीवार कर्णाली प्रदेश क्रिकेट संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट […]

March 6, 2025

पृथुको कप्तानीमा बागमतीको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]

Success

Thank you for your time.