9 months ago
May 27, 2024
काठमाडौं (हाम्रो खेलकुद) – अलराउन्डर दीपेन्द्र सिंह ऐरी ब्राण्ड एम्बेसडर रहेको ग्रेस इन्टरनेसनलले यसै साता सुरु हुने आइसीसी मेन्स टि२० विश्वकपको लागि विश्वकप विशेष गीत सार्वजनिक गरेको छ ।
एक दशकपछि टि२० विश्वकप खेल्न लागेको नेपाली टोलीको हौसला बढाउन तथा समर्थकहरुमा उत्साह थप्न गित सार्वजनिक गरिएको हो । विश्वभरका क्रिकेट प्रेमीहरुको ध्यान विश्वकपमा गइरहँदा नेपालका कीर्तिमानी अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई फिचर गरेर प्राेमाेसनल क्रिकेट एन्थम रिलिज गरिएको हो ।
नेपाली क्रिकेटकाे हिजाे, आज र भाेलि, सचित्र भिडियाेमा हेर्न सकिन्छ । तराई पहाड हिमाल सबै ठाउँ पुगेर छायाँकन गरिएकाे गीतलाई संचारकर्मी आर.के धितालले निर्देशन गरेका हुन् । नेपाली क्रिकेट प्रेमिहरूका लागि याे गित जितकाे उत्सव हुने उनले दावी गरेका छन् ।
‘विश्वकपकाे यात्रा तय गर्नका लागि खेलाडिहरूले गरेकाे कठिन संघर्षकाे ऐना समेत हाे याे गित’, उनले भने । ग्रेश ईन्टरनेशनलकाे निर्माण रहेकाे गितमा शंकर स्माईल काे संगित, आर के धितालकाे शब्द रचना र देव जंग थापाकाे छायाँकन तथा सम्पादन रहेकाे छ ।
ग्रेश ईन्टरनेशनलले विगत २ दशकदेखि अध्ययन गर्न विदेश जाने विद्यार्थिहरूलाई परामर्श र सहजिकरण गर्दै आएकाे छ । याे वर्ष ग्रेशले युवाहरूकाे वृहत्तर विकासका लागि विभिन्न सामाजिक कार्यहरू गर्ने याेजना सार्वजनिक गरेकाे छ ।
खेलकुद र विशेषगरी नेपाली क्रिकेटकाे विकासका लागि शहर देखि गाउँ सम्मका विद्यार्थीहरूहरूलाई क्रिकेट खेलकाे आयाेजना, खेल सामग्री वितरण साथै राष्ट्रिय खेलाडिहरू संग अन्तरक्रिया र अभ्यास म्याचकाे समेत आयाेजना गर्ने याेजना रहेकाे ग्रेशका संस्थापक निर्देशक एन्ड्रयु पाैडेलले जानकारी दिएका छन् । यहि उदेश्य अनुरूप दिपेन्द्र सिंह ऐरीलाई ग्रेशले सद्भावना दुतका रूपमा अनुबन्ध गरिसकेकाे छ ।
विश्वकप गीत :
February 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा घोडाघोडी-११ ले सान्त्वना जित हात पारेको छ । सान्त्वना जित निकाल्नेक्रममा घोडाघोडीले फ्रेन्डस युथ क्लब डडेलधुरामाथि १ विकेटको रोमाञ्चक जित हासिल गरेको छ । डडेलधुराले दिएको १ सय २५ रनको लक्ष्य घोडाघोडी–११ ले १९.५ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो । घोडाघोडीलाई जिताउन आयुव चन्दले […]
February 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – थाइल्याण्डलाई हराउँदै नेदरल्याण्ड्सले जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको उपाधि सम्भावना कायमै राखेको छ । नेदरल्याण्ड्सले बिहीवार थाइल्याण्डलाई रोमान्चक खेलमा १ विकेटले हराएको छ । १ सय १० रनको लक्ष्य नेदरल्याण्ड्सले निर्धारित २० ओभरको अन्तिम बलमा ९ विकेट गुमाएर पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा फेबे मोल्केबरले सर्वाधिक ३२ रन जोडिन् । उनले […]
February 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – अस्ट्रेलियाका अलराउन्डर मार्कस स्टोइनिसले ओडिआई क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । ३५ वर्षीय स्टोइनिसले टि ट्वान्टी भन्ने खेल्ने छन् । टि ट्वान्टीमा ध्यान केन्द्रित गर्न ओडिआईबाट सन्यास लिएको बताएका छन् । उनले ७१ ओडिआई खेलमा २६.६९ को औसतमा १ हजार ४ सय ९५ रन बनाएका छन् । उनले ओडिआई क्रिकेटमा ४८ विकेट […]