default_image

9 months ago

May 27, 2024

वार्म अपमा नेपाल र क्यानाडा खेल्दै

3942 views

0 Bookmark

ड्यालास (हाम्रो खेलकुद)– टि ट्वान्टी विश्व कप अघि नेपालले खेल्ने दुई मध्ये पहिलो वार्म अफ खेल आज खेल्दैछ ।

नेपालले पहिलो पटक टि ट्वान्टी विश्व कप खेल्ने तयारीमा रहेको क्यानाडासँग वार्म अप खेल खेल्दैछ । खेल ग्रान्ड प्रेरि मैदानमा स्थानिय समय अनुसार बिहान १०ः३० बजे (नेपाली समय अनुसार राति ९ः१५ बजे ) खेल सुरु हुनेछ ।

विश्व कपको तयारीका लागि नेपाली टोली गत महिना अमेरिका आएको थियो । यसपटकको विश्व कप अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना गर्दैछन् । यसबीचमा नेपालले वेस्ट इन्डिजामा पनि ३ अभ्यास खेल खेलेको थियो ।

वेस्ट इन्डिजामा विनवार्डस् भोल्क्यानोजसँगको ३ खेल नेपालले २–१ ले जितेको थियो । त्यसपछि अमेरिका फर्केका नेपाली टोलीले ह्युस्टनमा ह्युस्टन हरिके्रन्ससँग दुवै खेल जितेको थियो ।

चोटका कारण दीपेन्द्रसिंह ऐरीले पछिल्ला तीनै खेल गुमाएका थिए भने क्यानाडासँगको खेल पनि गुमाउने सम्भावना रहेको छ । दोस्रो वार्म अप खेल नेपालले अमेरिकासँग मे ३० मा खेल्नेछ ।

जुन १ बाट सुरु हुने विश्व कपमा नेपालले पहिलो खेल जुन ५ मा नेदरल्यान्ड्विरुद्ध खेल्नेछ । जुन ११ मा श्रीलंका, जुन १४ मा दक्षिण अफ्रिका र जुन १६ मा बंगलादेशसँग खेल्नेछ ।

February 6, 2025

अर्जुन ट्रफी – घोडाघोडी-११ द्वारा डडेलधुरा पराजित

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा घोडाघोडी-११ ले सान्त्वना जित हात पारेको छ । सान्त्वना जित निकाल्नेक्रममा घोडाघोडीले फ्रेन्डस युथ क्लब डडेलधुरामाथि १ विकेटको रोमाञ्चक जित हासिल गरेको छ । डडेलधुराले दिएको १ सय २५ रनको लक्ष्य घोडाघोडी–११ ले १९.५ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो । घोडाघोडीलाई जिताउन आयुव चन्दले […]

February 6, 2025

थाइल्याण्डलाई हराएपछि नेदरल्याण्ड्सको उपाधि सम्भावना कायमै

काठमाडौं(हाम्रो खेलकुद) – थाइल्याण्डलाई हराउँदै नेदरल्याण्ड्सले जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको उपाधि सम्भावना कायमै राखेको छ । नेदरल्याण्ड्सले बिहीवार थाइल्याण्डलाई रोमान्चक खेलमा १ विकेटले हराएको छ । १ सय १० रनको लक्ष्य नेदरल्याण्ड्सले निर्धारित २० ओभरको अन्तिम बलमा ९ विकेट गुमाएर पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा फेबे मोल्केबरले सर्वाधिक ३२ रन जोडिन् । उनले […]

February 6, 2025

स्टोइनिसकाे ओडिआई क्रिकेटबाट सन्यास घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – अस्ट्रेलियाका अलराउन्डर मार्कस स्टोइनिसले ओडिआई क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । ३५ वर्षीय स्टोइनिसले टि ट्वान्टी भन्ने खेल्ने छन् । टि ट्वान्टीमा ध्यान केन्द्रित गर्न ओडिआईबाट सन्यास लिएको बताएका छन् । उनले ७१ ओडिआई खेलमा २६.६९ को औसतमा १ हजार ४ सय ९५ रन बनाएका छन् । उनले ओडिआई क्रिकेटमा ४८ विकेट […]

Success

Thank you for your time.