9 months ago
May 26, 2024
काठमाडौं (हाम्रो खेलकुद) – कोलकाता नाइट राइडर्सले तेस्रो पटक इन्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि जितेको छ ।
आइतबार भएको फाइनलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै कोलकाता च्याम्पियन बनेको हो । कोलकाताले यसअघि सन् २०१२ र २०१४ मा उपाधि जितेको थियो । सन् २०१६ मा उपाधि जितेको हैदरावाद भने सन् २०१८ पछि दोस्रो पटक फाइनलमा पराजित भयो ।
हैदरावादले प्रस्तुत गरेको १ सय १४ रनको लक्ष्य कोलकाताले ११ औं ओभरमा पूरा गर्यो । ओपनर सुनिल नारायणलाई दोस्रो ओभरमा गुमाएपनि त्यसपछि रहमनुल्लाह गुर्बाज र वेंकटेश ऐरले ९१ रनको साझेदारी गरे । नारायण दोस्रो ओभरमा ६ रन जोड्दै क्याच आउट भएका थिए ।
गुर्बाज ३२ बलमा ३९ रन जोड्दै एलबीडब्लु आउट भए । उनले ५ चौका र २ छक्का प्रहार गरे । वेंकटेश २६ बलमा ४ चौका र ३ छक्काका साथ ५२ रनमा नटआउट रहे । कप्तान श्रेयस ऐर ६ रनमा नटआउट रहे ।
त्यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको सनराइजर्सले १९ औं ओभरमा अलआउट हुनुअघि १ सय १३ रन जोडेको थियो । टोलीका लागि आठौं नम्बरमा ब्याटिङ गर्न आएका कप्तान प्याट कमिन्सले सर्वाधिक २४ रन जोडे ।
कमजोर सुरुवात गरेको हैदरावादले सुरुवाती दुई ओभरमा नै ओपनरद्वय अभिषेक शर्मा र ट्राभिस हेडलाई गुमायो । पाँचौ ओभरमा राहुल त्रिपाठी ९ रनमा आउट भए । नितिश कुमार रेड्डी १३ रन र एडन मारक्रमले २० रनको योगदान दिए ।
कोलकाताका आन्द्रे रसलले ३ विकेट लिँदा हर्षित राना र मिचेल स्टार्कले २-२ विकेट लिए । वैभव अरोरा, सुनिल नारायण र वरुण चक्रवर्तीले १-१ विकेट हात पारे ।
March 7, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीले युगान्डामा हुने वुमेन्स टि ट्वान्टी क्वाट्यान्गुलर सिरिजको खेलमा शनिवार नामिबियासँग खेल्दैछ । नेपालले नामिबियाको महिला टोलीको पहिलाे पटक खेल्न लागेको हो । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा नेपाली समय अनुसार खेल दिउँसो ४ः४५ बजे सुरु हुनेछ । नेपाली महिला टोलीले पहिलो पटक एसिया महादेश बाहिर गएर खेल्दैछ । सिरिजमा […]
March 7, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप (पिएम) एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कोशी प्रदेश टोलीको घोषणा भएको छ । कोशी प्रदेश क्रिकेट संघले बिहीवार अंकित सुवेदीको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीमा सबैभन्दा बढी मोरङका ५ खेलाडी छन् । मोरङबाट दिपेश कडेल, फिर्दोस अन्सारी, चिराग शाह, सकिब हक र श्रवण किस्कू रहेका […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ । बिहीवार कर्णाली प्रदेश क्रिकेट संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट […]