10 months ago
May 25, 2024
ह्युस्टन (हाम्रो खेलकुद)– टि ट्वान्टी विश्व कपको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले शनिबार ह्युस्टन हरिकेन्ससँगको दोस्रो तथा अन्तिम खेल खेल्दैछ । ह्युस्टन स्थित प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा नेपाली समय अनुसार राति १ः४५ बजे खेल सुरु हुनेछ ।
शुक्रबार सोही टोलीविरुद्धको खेल नेपालले ६ रनले जितेको थियो । नेपालले दिएको १ सय ४७ रनको मध्यम लक्ष्य पछ्याएको हरिकेन्सले १ सय ४० रन मात्र बनाएको थियो । यो खेलपछि नेपाली टोली विश्व कप हुने ड्यालास जानेछ । त्यहाँ नेपालले मे २७ मा क्यानाडा र मे ३० मा सह आयोजक अमेरिकासँग दुई अभ्यास म्याच खेल्नेछ ।
जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा टि ट्वान्टी क्रिकेट आयोजना हुनेछ । नेपालले जुन ४ मा नेदरल्यान्ड्सविरुद्ध खेल्दै विश्व कपको यात्रा सुरु गर्नेछ । सन् २०१४ पछि नेपाल पहिलो पटक टि ट्वान्टी विश्व कप खेल्ने तयारीमा छ ।
March 7, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप (पिएम) एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कोशी प्रदेश टोलीको घोषणा भएको छ । कोशी प्रदेश क्रिकेट संघले बिहीवार अंकित सुवेदीको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । पिएम कप आइतवार सुरु हुदैछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुँदैछ । यसपटक लुम्बिनी प्रदेशका ३ क्रिकेट मैदानमा […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ । बिहीवार कर्णाली प्रदेश क्रिकेट संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]