default_image

9 months ago

May 25, 2024

अमेरिकामा पहिलो अभ्यास खेलमा नेपाललाई सफलता

1906 views

0 Bookmark

ह्युस्टन (हाम्रो खेलकुद) – आगामी टि-२० विश्वकपको तयारीका लागि अमेरिकाको ह्युस्टन सहर पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा जित दर्ता गरेको छ । ह्युस्टन स्थित प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा ह्युस्टन हरिकेन्स विरुद्ध भएको खेलमा नेपाल ६ रनले विजयी भएको हो ।

नेपालले दिएको १४७ रनको मध्यम लक्ष्य पछ्याएको घरेलु टोलीले निर्धारित २० ओभरमा १४० रन मात्र बनाउन सक्यो । ह्युस्टनका लागि लाहिरु मिलान्थाले २२ बल खेल्दै सर्वाधिक ३३ रनको इनिङ खेले । यस्तै अलि शेखले २३, स्मित पटेलले १९ तथा आकर्षित गोमेलले १८ रन बनाए ।

नेपालका लागि सोमपाल कामीले ४ ओभरमा ३३ रन खर्चिदै २ विकेट लिए । यस्तै करन केसीले ३ ओभरमा २७ रन दिएर २ विकेट नै लिए । रोहित पौडेल, अविनाश बोहोरा, सागर ढकाल र कुशल भुर्तेलले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४६ रन बनाएको थियो । नेपालका लागि अनिल साहले ३८ बलमा ३ चौका र २ छक्का प्रहार गर्दा सर्वाधिक ४७ रन बनाएका थिए । यस्तै कप्तान रोहित पौडेलले १८ बलमा २३ रन जोडे । ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेख सस्तैमा पेभेलियन फर्किएपछि अनिल र रोहित मिलेर तेस्रो विकेटका लागि ५१ रन जोडेका थिए ।

यस्तै नेपालका लागि सन्दिप जोराले २१ तथा गुलशन झाले २० रन बनाए। कुशल मल्लले १२ र करन केसीले १० रन जोडे ।

ह्युस्टनका लागि उसमान शिनवारी र इमरान खान जूनियरले २-२ विकेट लिए भने जोश ट्रोम्प, अलि शेख र जिया शेहजादले १-१ विकेट लिए ।

खेलमा विजयी भएपनि विश्वकपका लागि तयारीमा निम्ति खेलपश्चात सुपर ओभर समेत खेलाईएको थियो । सो सुपर ओभरमा पनि नेपाल नै विजयी भएको थियो ।

ह्युस्टनमा शनिबार अभ्यास खेलपछि नेपाली टोली ड्यालस जानेछ । त्यहाँ क्यानाडासँग‌ मे २७ र अमेरिकासँग मे ३० मा वार्मअप म्याच खेल्नेछ। त्यसपछि सोही स्थानमा नेपालले जुन ४ मा टि ट्वान्टी विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सको सामना गर्नेछ ।

आउँदो टि-२० विश्वकपका आफ्ना दुई खेल हुने स्थान सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्समा विन्डवार्ड भोल्क्यानोज विरुद्ध टिम अभ्यास खेल खेलेर ह्युस्टन प्रस्थान गरेको थियो । सो तीन खेलको शृंखलामा नेपाल २-१ ले विजयी भएको थियो ।

February 6, 2025

अर्जुन ट्रफी – घोडाघोडी-११ द्वारा डडेलधुरा पराजित

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा घोडाघोडी-११ ले सान्त्वना जित हात पारेको छ । सान्त्वना जित निकाल्नेक्रममा घोडाघोडीले फ्रेन्डस युथ क्लब डडेलधुरामाथि १ विकेटको रोमाञ्चक जित हासिल गरेको छ । डडेलधुराले दिएको १ सय २५ रनको लक्ष्य घोडाघोडी–११ ले १९.५ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो । घोडाघोडीलाई जिताउन आयुव चन्दले […]

February 6, 2025

थाइल्याण्डलाई हराएपछि नेदरल्याण्ड्सको उपाधि सम्भावना कायमै

काठमाडौं(हाम्रो खेलकुद) – थाइल्याण्डलाई हराउँदै नेदरल्याण्ड्सले जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको उपाधि सम्भावना कायमै राखेको छ । नेदरल्याण्ड्सले बिहीवार थाइल्याण्डलाई रोमान्चक खेलमा १ विकेटले हराएको छ । १ सय १० रनको लक्ष्य नेदरल्याण्ड्सले निर्धारित २० ओभरको अन्तिम बलमा ९ विकेट गुमाएर पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा फेबे मोल्केबरले सर्वाधिक ३२ रन जोडिन् । उनले […]

February 6, 2025

स्टोइनिसकाे ओडिआई क्रिकेटबाट सन्यास घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – अस्ट्रेलियाका अलराउन्डर मार्कस स्टोइनिसले ओडिआई क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । ३५ वर्षीय स्टोइनिसले टि ट्वान्टी भन्ने खेल्ने छन् । टि ट्वान्टीमा ध्यान केन्द्रित गर्न ओडिआईबाट सन्यास लिएको बताएका छन् । उनले ७१ ओडिआई खेलमा २६.६९ को औसतमा १ हजार ४ सय ९५ रन बनाएका छन् । उनले ओडिआई क्रिकेटमा ४८ विकेट […]

Success

Thank you for your time.