default_image

4 months ago

May 23, 2024

महिला क्रिकेटको प्रारम्भिक टोलीमा २८ खेलाडी

666 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) एसीसी महिला एसिया कपका लागि प्रारम्भिक टोली घोषणा गरेको छ । क्यानले इन्दु वर्माको कप्तानीमा २८ जनालाई समेट्दै बुधबार नेपाली टोली घोषणा गरेको हो ।

ललितपुर मेयर्स कप खेलेका कोशी प्रदेशका बलर एलिसा खडिया, बागमती प्रदेशकी हेलिसा गुरुङ, सुदूरपश्चिमकी सावित्री धामी, एपीएफकी राजमती ऐरी पहिलो पटक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा परेका छन् ।

श्रीलंकामा एसीसी महिला एसिया कप साउन ४ देखि १३ गतेसम्म हुने छ । नेपाल, भारत, पाकिस्तान र युएई समूह एमा छन् । समूह बीमा श्रीलंका, बंगलादेश, थाइल्यान्ड र मलेसिया छन्।

नेपालले उद्घाटन खेलमा पाकिस्तानको सामना गर्नेछ । दोस्रो खेलमा नेपालले साउन ६ गते युएई र ८ गते भारतको सामना गर्नेछ । नेपाल एसीसी महिला प्रिमियर कपको शीर्ष चारमा रहँदै एसिया कपमा छनोट भएको हो ।

महिला प्रारम्भिक टोली

इन्दु वर्मा (कप्तान),रुविना क्षेत्री, सिता राना मगर, कविता कुँवर, सम्झना खड्का, कविता जोशी, काजोल श्रेष्ठ (विकेटकिपर) , पूजा महतो, डली भट्ट, विन्दु रावल, रोमा थापा, ममता चौधरी, कृतिका मरासिनी, सबनम राई, रुवि पोदार (विकेट किपर), खुसी डंगोल, लक्ष्मी साउद, अप्सरी बेगम, करुणा भण्डारी, अश्मिना कर्माचार्य, संगीता राई, आरती महतो, सावित्रा धामी, यशोदा विष्ट , सोनी पाख्रिन र हेलिसा गुरुङ ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.