default_image

10 months ago

May 23, 2024

सन्दीपलाई अमेरिकाको भिसा दिलाउन पहल सुरु

5808 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- क्रिकेटर सन्दीप लामिछानेलाई‌ टि ट्वान्टी विश्वकपको लागि अमेरिकाको भिसा दिलाउन कुटनीतिक पहल हुने भएको छ।
युवा तथा खेलकुद मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत प्रक्रिया अघि बढाउने भएको हो । सन्दीपलाई बुधबार अन्तर्वार्तामा बोलाएर अमेरिकी दूतावासले भिसा अस्वीकार गरेको थियो । भिसा नदिइनुको स्पष्ट कारण खुलाइएको छैन ।

सन्दीपले सामाजिक सन्जालमा स्ट्याटस लेखेर आफूलाई भिसा दिन दूतावासले अस्वीकार गरेको बताएका थिए ।

युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठ र नेपाल क्रिकेट संघ क्यान (क्यान) का सचिव पारस खड्कासँगको कुराकानीपछि मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई सन्दीपको भीसा उपलब्ध गराउन आवश्यक सहजीकरण गर्न अनुरोध गर्दै पत्र पठाएको छ।

मन्त्री श्रेष्ठले सन्दीपको भीसाको लागि मन्त्रालयबाट गर्नुपर्ने सबै पहल गरेको‌ र अझै आवश्यक किसिमको सहयोग गर्ने बताएका छन्।

विश्व कप जुन १ मा सुरु हुनेछ। नेपाली टोली अमेरिकाको ह्युस्टनमा तयारी गरिरहेको छ। शुक्रबार र शनिबार ह्युस्टन हुरिकेन्ससँग दुई अभ्यास खेलपछि टोली ड्यालास पुग्ने बताइएको छ।

March 9, 2025

वुमेन्स डे क्रिकेट – नेपाल र युगान्डा खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीले युगान्डामा जारी वुमेन्स टि ट्वान्टी क्वाट्यान्गुलर सिरिजमा आज आफ्नो दोस्रो खेल खेल्दैछ ‌ । नेपालले आयोजक युगान्डाको सामना गर्दैछ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा नेपाली समय अनुसार खेल दिउँसो १२ः४५ बजे सुरु हुनेछ । नेपाल र युगान्डाबीच यसअघि ५ खेल भएको छ। त्यसमा नेपालले २ र युगान्डाले ३ […]

March 9, 2025

च्याम्पियन्स ट्रफी फाइनल – न्युजिल्याण्ड र भारत खेल्दै

एजेन्सी – च्याम्पियन्स ट्रफीको उपाधिका लागि आज भारत र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार आइतवार खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ । भारत सन् २०१३ पछि च्याम्पियन बन्ने लक्ष्यमा रहेको छ । त्यतिबेला फाइनलमा भारतले घरेलु टोली इङ्ग्ल्याण्डलाई पराजित गर्दै उपाधि जितेको थियो । भारत अघिल्लो संस्करणमा पनि […]

March 8, 2025

अर्किडलाई भरतपुर मेयर्स कप क्रिकेटको उपाधि

चितवन (हाम्रो खेलकुद)- अर्किड इङ्लिस स्कुलले भरतपुर मेयर्स कप इन्टर स्कुल लिग क्रिकेटको उपाधि जितेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज भएको फाइनल खेलमा अर्किडले नारायणी नमुना माविलाई ४ विकेटले पराजित गर्दै लगातार दोस्रोपटक उपाधि उचालेको हो । ७७ रनको झिनो लक्ष्य अर्किडले २५.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो । अर्किडको […]

Success

Thank you for your time.