10 months ago
May 22, 2024
एजेन्सी – इलिमिनेटर खेलमा राजस्थान रोयल्स विरुद्ध पराजित हुदै रोयल च्यालेनजर्स बेंगलूरु (आरसिबि) इंडियन प्रिमियर लिग (आईपिएल) बाट बाहिरिएको छ । फाइनल सम्भावना कायम राख्न जित्नै पर्ने खेलमा राजस्थान विरुद्ध ४ विकेटले पराजित हुँदै आरसिबि बाहिरिएको हो ।
जित दर्ता गर्ने क्रममा आरसिबिले दिएको १७३ रनको लक्ष्य राजस्थानले १९ ओभरमा ६ विकेट गुमाएर भेटायो । राजस्थानका लागि यशस्वी जैसवालले ३० बल खेल्दै ८ चौका सहित सर्वाधिक ४० रन बनाए । यस्तै रियान परागले २६ बलमा ३६ रन जोडे । सिमरन हेटमायरले २६ तथा टम कोहलर-क्याडमोरले २० रन बनाए ।
आरसिबिका लागि मोहम्मद सिराजले २ विकेट लिँदा लोकि फर्गुसन, कर्न शर्मा र क्यामरन ग्रीनले समान १-१ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको आरसिबिले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १७२ रन बनायो । आरसिबिका लागि रजत पतिदरले २२ बलमा बनाएको ३४ रन नै सर्वाधिक रह्यो । यस्तै विराट कोहलीले ३३ रन बनाउँदा महिपाल लोम्रोरले ३२ रन जोडे । क्यामरन ग्रीनले २७ रन बनाए ।
राजस्थानका लागि आवेश खानले ३ तथा रविचन्द्रण आश्विनले २ विकेट लिए । ट्रेन्ट बोल्ट, सन्दिप शर्मा र युजभेन्द्र चहलले १-१ विकेट लिए ।
राजस्थानले अब क्वालिफायर १ को पराजित टोली सनराईजर्स हैदराबाद विरुद्ध फाइनल प्रवेशका लागि आउँदो शुक्रवार खेल्नेछ । हैदराबादलाई हराउँदै कोलकत्ता नाइट राइडर्स यसअघि नै फाइनल प्रवेश गरिसकेको छ ।
March 9, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीले युगान्डामा जारी वुमेन्स टि ट्वान्टी क्वाट्यान्गुलर सिरिजमा आज आफ्नो दोस्रो खेल खेल्दैछ । नेपालले आयोजक युगान्डाको सामना गर्दैछ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा नेपाली समय अनुसार खेल दिउँसो १२ः४५ बजे सुरु हुनेछ । नेपाल र युगान्डाबीच यसअघि ५ खेल भएको छ। त्यसमा नेपालले २ र युगान्डाले ३ […]
March 9, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको उपाधिका लागि आज भारत र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार आइतवार खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ । भारत सन् २०१३ पछि च्याम्पियन बन्ने लक्ष्यमा रहेको छ । त्यतिबेला फाइनलमा भारतले घरेलु टोली इङ्ग्ल्याण्डलाई पराजित गर्दै उपाधि जितेको थियो । भारत अघिल्लो संस्करणमा पनि […]
March 8, 2025
चितवन (हाम्रो खेलकुद)- अर्किड इङ्लिस स्कुलले भरतपुर मेयर्स कप इन्टर स्कुल लिग क्रिकेटको उपाधि जितेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज भएको फाइनल खेलमा अर्किडले नारायणी नमुना माविलाई ४ विकेटले पराजित गर्दै लगातार दोस्रोपटक उपाधि उचालेको हो । ७७ रनको झिनो लक्ष्य अर्किडले २५.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । अर्किडको […]