default_image

10 months ago

May 22, 2024

इलिमिनेटरमा बेंगलूरु र राजस्थान भिड्दै

1335 views

0 Bookmark

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) २०२४ संस्करणको प्लेअफ इलिमिनेटर खेलमा आज राजस्थान रोयल्स र रोयल च्यालेनजर्स बेंगलूरु भिड्दै छन् । खेल नेपाली समय अनुसार बेलुका ७:४५ बजे अहमदाबादमा सुरु हुनेछ ।

बेंगलूरुले लिग चरणमा पहिलो ८ खेलमा १ खेल मात्र जितेको थियो । त्यसपछिका ६ खेलमा लगातार ६ जित दर्ता गरेर अप्रत्यासित नतिजा निकाल्दै बेंगलूरु प्लेअफमा पुगेको हो । उता राजस्थानले भने अन्तिम ५ खेलमा ४ हार बेहोरेको थियो भने १ खेल वर्षाका कारण रद्द भएको थियो ।

यी दुई टोली लिग चरणमा एक पटक भिडेका थिए । सो खेल राजस्थानले ६ विकेटले जितेको थियो ।

आजको विजेताको फाइनल पुग्ने सम्भावना जीवितै रहनेछ । उता पराजित टोली भने प्रतियोगिताबाट बाहिरिने छ । विजेताले क्वालिफायर १ मा पराजित सनराईजर्स हैदराबाद विरुद्ध आउँदो शुक्रवार फाइनल प्रवेशका लागि खेल्नेछ ।

हैदराबाद हिजो भएको पहिलो क्वालिफायरमा कोलकत्ता नाइट राइडर्स विरुद्ध ८ विकेटले पराजित भएको थियो । कोलकत्ता भने फाइनल प्रवेश गरिसकेको छ ।

March 9, 2025

वुमेन्स डे क्रिकेट – नेपाल र युगान्डा खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीले युगान्डामा जारी वुमेन्स टि ट्वान्टी क्वाट्यान्गुलर सिरिजमा आज आफ्नो दोस्रो खेल खेल्दैछ ‌ । नेपालले आयोजक युगान्डाको सामना गर्दैछ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा नेपाली समय अनुसार खेल दिउँसो १२ः४५ बजे सुरु हुनेछ । नेपाल र युगान्डाबीच यसअघि ५ खेल भएको छ। त्यसमा नेपालले २ र युगान्डाले ३ […]

March 9, 2025

च्याम्पियन्स ट्रफी फाइनल – न्युजिल्याण्ड र भारत खेल्दै

एजेन्सी – च्याम्पियन्स ट्रफीको उपाधिका लागि आज भारत र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार आइतवार खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ । भारत सन् २०१३ पछि च्याम्पियन बन्ने लक्ष्यमा रहेको छ । त्यतिबेला फाइनलमा भारतले घरेलु टोली इङ्ग्ल्याण्डलाई पराजित गर्दै उपाधि जितेको थियो । भारत अघिल्लो संस्करणमा पनि […]

March 8, 2025

अर्किडलाई भरतपुर मेयर्स कप क्रिकेटको उपाधि

चितवन (हाम्रो खेलकुद)- अर्किड इङ्लिस स्कुलले भरतपुर मेयर्स कप इन्टर स्कुल लिग क्रिकेटको उपाधि जितेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज भएको फाइनल खेलमा अर्किडले नारायणी नमुना माविलाई ४ विकेटले पराजित गर्दै लगातार दोस्रोपटक उपाधि उचालेको हो । ७७ रनको झिनो लक्ष्य अर्किडले २५.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो । अर्किडको […]

Success

Thank you for your time.