10 months ago
May 22, 2024
एजेन्सी – अमेरिकाले बंगलादेश विरुद्धको तीन टि-२० खेल शृंखलाको पहिलो खेलमा जित दर्ता गरेको छ । बंगलादेशलाई स्तब्ध बनाउने क्रममा अमेरिकाले बंगलादेश माथि ५ विकेटको जित दर्ता गरेको हो ।
बंगलादेशले दिएको १५४ रनको मध्यम लक्ष्य अमेरिकाले ३ बल बाँकी छँदा ५ विकेट गुमाएर भेटायो । अमेरिकाका लागि कोरी एन्डरसनले २५ बलमा २ छक्का सहित सर्वाधिक ३४ रन बनाउँदै टोलीलाई पार लगाए । हरमित सिंहले १३ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै ३३ रन जोडे । स्टेभेन टेलरले २८ तथा आन्द्रेस गुसले २३ रनको योगदान गरे ।
बंगलादेशका लागि मुस्तफिजुर रहमानले २ तथा शोरीफूल इस्लाम र ऋषाद होसेनले १-१ विकेट लिए ।
त्यसअघि प्रेरि भ्यू क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ६ विकेटको क्षतिमा १५३ रन बनाएको थियो । बंगलादेशका लागि टोहिद हृडोयले ४७ बलमा सर्वाधिक ५८ रन बनाए । महमदुल्लाहले ३१ तथा सौम्य सरकारले २० रन जोडे ।
अमेरिकाका लागि स्टेभेन टेलरले २ तथा सौरभ नेत्रभल्कर, अलि खान र जेसी सिंहले १-१ विकेट लिए ।
शृंखलाको दोस्रो खेल बिहीवार हुनेछ ।
पराजित बंगलादेश आउँदो टि-२० विश्वकपमा नेपाल रहेकै समूहमा रहेको छ । नेपाल र बंगलादेश वीचको खेल जुन १७ का दिन हुँदैछ ।
March 9, 2025
एजेन्सी – भारत तेस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ। आज भएको फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले हराउँदै भारत च्याम्पियन्स ट्रफी सर्वाधिक ३ पटक जित्ने पहिलो राष्ट्र बनेको छ। यो पटक सानदार प्रदर्शनका साथ अपराजित रहँदै भारत च्याम्पियन बनेको हो। यसअघि सन् २००० मा भारत र श्रीलंका संयुक्तरुपमा विजेता बनेका थिए। त्यसपछि भारतले सन् २०१३ मा […]
March 9, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको उपाधि जित्न भारतले न्युजिल्याण्डबाट मध्यम लक्ष्य पाएको छ ।न्युजिल्याण्डले भारतलाई जितका लागि २ सय ५२ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन जोड्यो । न्युजिल्याण्डका डारेल मिचेल र मिचेल ब्रेसवेलले […]
March 9, 2025
काठमाडौं(हाम्रो खेलकुद) – अजय चौहानले ५ विकेट लिएपछि लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । लुम्बिनीले आइतवार कोशी प्रदेशलाई २६ रनले पराजित गर्यो । २ सय ९ रनको लक्ष्य पछ्याएको कोशी ४२.४ ओभरमा १ सय ८२ रनमा समेटियो । कोशीका लागि सुजन थपलियाले सर्वाधिक ३५ रन जोडे […]