10 months ago
May 20, 2024
काठमाडौं (हाम्रो खेलकुद) – स्पोर्ट्स एकेडेमी साँगा माथि फराकिलो जित दर्ता गर्दै पुल्चोक स्पोर्ट्स क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा पुल्चोकले साँगा माथि ५-१ को फराकिलो जित दर्ता गरेको हो ।
पुल्चोकका लागि सिरव लो तामाङले २ गोल गरे भने सागर थिङ, सुमन श्रेष्ठ र विश्वास विसीले १-१ गोल गरे ।
शीर्ष स्थानमा उक्लिएको पुल्चोकको ९ खेलमा १९ अंक पुगेको छ ।आरसी ३२ फुटबल एकेडेमीको समेत १९ अंक नै रहेको छ । साँगा भने समान ९ खेलमा १२ अंक सहित सातौं स्थानमा छ ।
यस्तै सोमबार नै भएको अर्को खेलमा स्वयम्भू क्लब र रानीवन स्पोर्ट्स क्लबले गोलरहित बराबरी खेलेका छन् ।
बराबरी सँगै स्वयम्भू ९ खेलमा १३ अंक सहित १३औं स्थानमा छ भने रानीवन ७ अंक सहित एक स्थान माथि छ ।
March 9, 2025
एजेन्सी – भारत तेस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ। आज भएको फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले हराउँदै भारत च्याम्पियन्स ट्रफी सर्वाधिक ३ पटक जित्ने पहिलो राष्ट्र बनेको छ। यो पटक सानदार प्रदर्शनका साथ अपराजित रहँदै भारत च्याम्पियन बनेको हो। यसअघि सन् २००० मा भारत र श्रीलंका संयुक्तरुपमा विजेता बनेका थिए। त्यसपछि भारतले सन् २०१३ मा […]
March 9, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको उपाधि जित्न भारतले न्युजिल्याण्डबाट मध्यम लक्ष्य पाएको छ ।न्युजिल्याण्डले भारतलाई जितका लागि २ सय ५२ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन जोड्यो । न्युजिल्याण्डका डारेल मिचेल र मिचेल ब्रेसवेलले […]
March 9, 2025
काठमाडौं(हाम्रो खेलकुद) – अजय चौहानले ५ विकेट लिएपछि लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । लुम्बिनीले आइतवार कोशी प्रदेशलाई २६ रनले पराजित गर्यो । २ सय ९ रनको लक्ष्य पछ्याएको कोशी ४२.४ ओभरमा १ सय ८२ रनमा समेटियो । कोशीका लागि सुजन थपलियाले सर्वाधिक ३५ रन जोडे […]