10 months ago
May 19, 2024
काठमाडौं (हाम्रो खेलकुद) – भक्तपुर जिल्ला क्रिकेट संघले एनसीसी आमन्त्रित उपत्यकाव्यापी टि ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । महिला र पुरुषको छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ ।
शैक्षिक संस्था एनसीसीएस समूहसँग मिलेर भक्तपुरले जेठ १२ देखि १९ गते सम्म आयोजना गर्ने प्रतियोगितामा पुरुषतर्फ ६ एकेडेमी र महिलातर्फ ३ जिल्लाले सहभागिता रहने आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो ।
पुरुषतर्फ भक्तपुर, काठमाडौं र ललितपुरका २–२ एकेडेमीले प्रतिस्पर्धा गर्ने भक्तपुर क्रिकेट संघका अध्यक्ष मनीषराज पाण्डेले जानकारी दिए । नेपाल क्रिकेट संघ (क्यान) र बागती प्रदेश क्रिकेट संघको सहकार्यमा हुने प्रतियोगिताले देशको क्रिकेट विकासमा सहयोग पु¥याउने अपेक्षा लिएको पूर्वराष्ट्रिय खेलाडीसमेत रहेका पाण्डेले बताए ।
सहभागी टोलीहरू भक्तपुर क्रिकेट सेन्टर, भक्तपुर क्रिकेट एक्सिलेन्स सेन्टर, बल पार्क स्पोटर््स इभेन्ट्स एन्ड एकेडेमी ललितपुर, ग्रेट हिमालय क्रिकेट एकेडेमी ललितपुर, क्रिकेट एक्सिलेन्स सेन्टर काठमाडौं र ओएसिस क्रिकेट एकेडेमी काठमाडौं छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । मूलपानी क्रिकेट मैदानमा हुने प्रतियोगिताको महिलातर्फ भक्तपुर, काठमाडौं र ललितपुर जिल्ला डबल राउन्ड रोबिनमा प्रतिस्पर्धा गर्नेछन् र शीर्ष दुई टोली फाइनलमा खेल्नेछन् । महिला र पुरुष दुवैको विजेताले समान २५ हजार र दोस्रो टोलीले १५ हजार रुपैयाँ पाउनेछ ।
सबै सरोकारवालाहरूलाई लिएर अगाडि बढ्न खोजिरहेका छौं,’ जिल्ला क्रिकेट संघका अध्यक्ष पाण्डेले भने, ‘क्रिकेटमय वातावरण बनाउने लक्ष्य राखेका छौं । त्यो वातावरण यस्तैखाले प्रतियोगिताले दिने विश्वास छ ।’ एनसीसीएस समूहका निर्देशक सन्तोषराज मास्केले क्रिकेटमा कम्पनीले सानो सहयोग गरेको जनाए ।
March 9, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीले युगान्डामा जारी वुमेन्स टि ट्वान्टी क्वाट्यान्गुलर सिरिजमा आज आफ्नो दोस्रो खेल खेल्दैछ । नेपालले आयोजक युगान्डाको सामना गर्दैछ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा नेपाली समय अनुसार खेल दिउँसो १२ः४५ बजे सुरु हुनेछ । नेपाल र युगान्डाबीच यसअघि ५ खेल भएको छ। त्यसमा नेपालले २ र युगान्डाले ३ […]
March 9, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको उपाधिका लागि आज भारत र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार आइतवार खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ । भारत सन् २०१३ पछि च्याम्पियन बन्ने लक्ष्यमा रहेको छ । त्यतिबेला फाइनलमा भारतले घरेलु टोली इङ्ग्ल्याण्डलाई पराजित गर्दै उपाधि जितेको थियो । भारत अघिल्लो संस्करणमा पनि […]
March 8, 2025
चितवन (हाम्रो खेलकुद)- अर्किड इङ्लिस स्कुलले भरतपुर मेयर्स कप इन्टर स्कुल लिग क्रिकेटको उपाधि जितेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज भएको फाइनल खेलमा अर्किडले नारायणी नमुना माविलाई ४ विकेटले पराजित गर्दै लगातार दोस्रोपटक उपाधि उचालेको हो । ७७ रनको झिनो लक्ष्य अर्किडले २५.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । अर्किडको […]