10 months ago
May 19, 2024
एजेन्सी – लिग चरणको आफ्नो अन्तिम खेलमा जित दर्ता गर्दै सनराईजर्स हैदराबाद इंडियन प्रिमियर लिग (आईपिएल) को तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पञ्जाब विरुद्ध ४ विकेटको जित दर्ता गर्दै हैदराबाद दोस्रो स्थानमा उक्लिएको हो ।
पञ्जाबले दिएको २१५ रनको विशाल लक्ष्य हैदराबादले ५ बल बाँकी छँदा ६ विकेट गुमाएर भेटायो । हैदराबादका लागि अभिषेक शर्माले २८ बलमा ५ चौका र ६ छक्का सहित सर्वाधिक ६६ रन बनाए । यस्तै हेनरिक क्लासेनले २६ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ४२ रन जोडे । नितिश रेड्डीले ३७ तथा राहुल त्रिपाठीले ३७ रन बनाए ।
पञ्जाबका अर्शदिप सिंह र हर्शल पटेलले समान २-२ विकेट लिए भने हरपृत ब्रार र शशाङ्क सिंहले समान १-१ विकेट लिए ।
त्यसअघि हैदराबादमा टस जितेर ब्याटिङ रोजेको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २१४ रन जोड्यो । पञ्जाबका ओपनर प्रभसिम्रन सिंहले ४५ बलमा ७ चौका र ४ छक्का सहित सर्वाधिक ७१ रन जोडे । यस्तै राइलि रूसोले ४९ तथा अथर्व ताईडेलिए ४६ रन बनाए । जितेश शर्माले १५ बलमा ३२ रन बनाए ।
हैदराबादका नटराजनले २ तथा प्याट कमिन्स र विजयकान्त वियासकान्तले समान १-१ विकेट लिए ।
जित पछि हैदराबाद १४ खेल १७ अंक सहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । लिग चरणमा बाँकी अन्तिम खेलमा १६ अंक रहेको राजस्थान रोयल्सले शीर्ष स्थानको कोलकत्ता नाइट राइडर्स माथि जित हासिल गरे दोस्रो भई फाइनल प्रवेशका लागि खेल्नेछ भने जित बाहेक अन्य नतिजा भए बेंगलूरु विरुद्ध एलिमिनेटरमा खेल्नेछ ।
March 9, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीले युगान्डामा जारी वुमेन्स टि ट्वान्टी क्वाट्यान्गुलर सिरिजमा आज आफ्नो दोस्रो खेल खेल्दैछ । नेपालले आयोजक युगान्डाको सामना गर्दैछ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा नेपाली समय अनुसार खेल दिउँसो १२ः४५ बजे सुरु हुनेछ । नेपाल र युगान्डाबीच यसअघि ५ खेल भएको छ। त्यसमा नेपालले २ र युगान्डाले ३ […]
March 9, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको उपाधिका लागि आज भारत र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार आइतवार खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ । भारत सन् २०१३ पछि च्याम्पियन बन्ने लक्ष्यमा रहेको छ । त्यतिबेला फाइनलमा भारतले घरेलु टोली इङ्ग्ल्याण्डलाई पराजित गर्दै उपाधि जितेको थियो । भारत अघिल्लो संस्करणमा पनि […]
March 8, 2025
चितवन (हाम्रो खेलकुद)- अर्किड इङ्लिस स्कुलले भरतपुर मेयर्स कप इन्टर स्कुल लिग क्रिकेटको उपाधि जितेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज भएको फाइनल खेलमा अर्किडले नारायणी नमुना माविलाई ४ विकेटले पराजित गर्दै लगातार दोस्रोपटक उपाधि उचालेको हो । ७७ रनको झिनो लक्ष्य अर्किडले २५.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । अर्किडको […]