default_image

10 months ago

May 18, 2024

एपिएफ अपराजित रहँदै च्याम्पियन 

760 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लब अपराजित रहँदै चौथो संस्करणको ललितपुर मेयर्स महिला टि-२० च्याम्पियनसिप २०८१ को उपाधि जितेको छ । शनिवार भएको फाइनलमा सुदुरपश्चिम प्रदेश माथि २ रनको रोमान्चक जित दर्ता गर्दै एपिएफले चौथो संस्करणमा चौथो पटक नै उपाधि जितेको हो ।

अन्तिम दुई ओभरमा २९ रन चाहिएको अवस्थामा सुदुरकी कविता जोशीले राजमती ऐरीको १९औ ओभरमा ३ छक्का सहित २३ रन बनाएपछि सुदुर जिततर्फ लम्किएको थियो ।

तर अन्तिम ओभरमा सुदुर चुक्न पुग्यो । रेखा रावलको अन्तिम ओभरमा ६ रनको आवश्यकता रहेको थियो । पहिलो बल डट रहन पुग्यो । दोस्रो बलमा कविताले १ रन लिईन् । तेस्रो र चौथो बलमा लक्ष्मी साउदले कुनै रन बनाउन सकिनन् भने पाचौ बलमा १ रन लिइन् । अन्तिम बलमा कविताले जित्नका लागि चौका प्रहार गर्नु पर्ने थियो । तर उनले १ रन मात्र बनाउन सकेपछि एपिएफ च्याम्पियन बन्न पुग्यो ।

कविता ४५ बलमा ७ चौका र ३ छक्का सहित ६७ रन बनाएर अविजित रहिन् । लक्ष्मी साउदले ३५ बलमा २९ रन जोडिन् । ४९-५ को अवस्थाबाट यी दुई मिलेर सुदुरलाई जितको निकै नजिक पुर्याएका थिए ।

कप्तान विन्दु रावलले १९ रन बनाउँदा सावित्री धामीले १२ तथा सम्झना खड्काले १० रन बनाइन् ।

एपिएफका लागि करुणा भण्डारीले २ विकेट लिइन् भने १ विकेट सुमन विष्टको नाममा रह्यो ।      

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १५५ रन खडा गर्यो । एपिएफका लागि दुवै ओपनरले अर्धशतक पुरा गरे । कप्तान सिता राना मगरले ५५ बलमा ८ चौका सहित सर्वाधिक ७४ रन जोडिन् । अर्की ओपनर राजमती ऐरीले ४६ बलमा ७ चौका प्रहार गर्दै ५० रन बनाइन् ।

ममता चौधरी १० रन बनाएर अविजित रहिन् । इन्दु वर्माले ९, रोमा थापाले ६ र सरिता मगरले १ रन बनाइन् ।

सुदुरपश्चिमका लागि ऋतु कनोउजिया, विन्दु रावल र राधिका पुजाराले समान १-१ विकेट लिए ।

यसअघिको तीनै संस्करण पनि एपिएफले नै जितेको थियो । एपिएफ प्रतियोगिता इतिहासमा २० खेल मध्य २० खेल नै जित्न सफल रहेको छ । पहिलो संस्करणमा कोशी प्रदेश फाइनलमा पराजित भएको थियो भने पछिल्लो दुई संस्करणमा सुदुरपश्चिमले नै फाइनलमा हार बेहोरेको थियो ।  

एपिएफले राउण्ड रोबिन चरणमा सबै चार खेलमै जित दर्ता गरेको थियो । सुदुरपश्चिमले भने एपिएफ विरुद्ध हार बेहोरेपानी अन्य तीन खेल जितेको थियो ।

यी दुई टोलीबाहेक प्रतियोगितामा आयोजक ललितपुर मेयर्स-११, बागमती प्रदेश र कोशी प्रदेशको सहभागिता रहेको थियो ।            

March 9, 2025

भारतले जित्यो च्याम्पियन्स ट्रफी

एजेन्सी – भारत तेस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ। आज भएको फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले हराउँदै भारत च्याम्पियन्स ट्रफी सर्वाधिक ३ पटक जित्ने पहिलो राष्ट्र बनेको छ। यो पटक सानदार प्रदर्शनका साथ अपराजित रहँदै भारत च्याम्पियन बनेको हो। यसअघि सन् २००० मा भारत र श्रीलंका संयुक्तरुपमा विजेता बनेका थिए। त्यसपछि भारतले सन् २०१३ मा […]

March 9, 2025

च्याम्पियन्स ट्रफी फाइनल – भारतलाई मध्यम लक्ष्य

एजेन्सी – च्याम्पियन्स ट्रफीको उपाधि जित्न भारतले न्युजिल्याण्डबाट मध्यम लक्ष्य पाएको छ ।न्युजिल्याण्डले भारतलाई जितका लागि २ सय ५२ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन जोड्यो । न्युजिल्याण्डका डारेल मिचेल र मिचेल ब्रेसवेलले […]

March 9, 2025

अजयको ५ विकेटमा लुम्बिनी विजयी

काठमाडौं(हाम्रो खेलकुद) – अजय चौहानले ५ विकेट लिएपछि लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । लुम्बिनीले आइतवार कोशी प्रदेशलाई २६ रनले पराजित गर्यो । २ सय ९ रनको लक्ष्य पछ्याएको कोशी ४२.४ ओभरमा १ सय ८२ रनमा समेटियो । कोशीका लागि सुजन थपलियाले सर्वाधिक ३५ रन जोडे […]

Success

Thank you for your time.