10 months ago
May 17, 2024
काठमाडौं (हाम्रो खेलकुद) – सुदुरपश्चिम प्रदेश ललितपुर मेयर्स महिला टि-२० च्याम्पियनशिपको फाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ । लिग चरणको अन्तिम खेलमा बागमती प्रदेश विरुद्ध १०९ रनको फराकिलो जित दर्ता गर्दै सुदुरपश्चिमले एपिएफ क्लब विरुद्धको उपाधि भिडन्त पक्का गरेको हो ।
सुदुरपश्चिमले दिएको १५८ रनको विशाल लक्ष्य पछ्याएको बागमती १६.१ ओभरमा ४८ रनमा समेटियो । बागमतीकी कृष्मा गुरुङले २३ बलमा २ चौका सहित सर्वाधिक १६ रन बनाइन् । अन्य कुनै ब्याटरले दोहोरो अंकमा पनि रन बनाउन नसक्दा बागमती पराजित भयो ।
सुदुरपश्चिमका लागि ऋतु कनोउजियाले ३ विकेट लिँदा कविता जोशी र लक्ष्मी साउदले समान २-२ विकेट लिए । विन्दु रावल र करिश्मा थापाले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको सुदुरपश्चिमले निर्धारित २० ओभरमा २ विकेट मात्र गुमाएर १५७ रन जोड्यो । सुदुरका लागि ओपनर सम्झना खड्काले ४७ बलमा १० चौका प्रहार गर्दै अविजित रहँदै ७४ रन बनाइन् । अर्की ओपनर रुबी पोडार र कप्तान विन्दु रावलले समान २८-२८ रन बनाउँदा कविता जोशी २० रनमा अविजित रहिन् ।
बागमतीका लागि करिश्मा गुरुङले १ विकेट लिइन् ।
सुदुरले ४ खेलमा ६ अंक बटुल्दै दोस्रो भएर फाइनल पुगेको छ । यसअघि एपिएफ सबै खेलमा जित हासिल गर्दै फाइनल पुगिसकेको थियो । ललितपुर मेयर्स-११, कोशी प्रदेश र बागमती प्रदेशले समान २-२ अंक हासिल गरे ।
सिंगल राउण्ड रोबिन प्रणालीमा खेलाईएको यस प्रतियोगिताको फाइनल शनिबार हुँदैछ ।
March 9, 2025
एजेन्सी – भारत तेस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ। आज भएको फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले हराउँदै भारत च्याम्पियन्स ट्रफी सर्वाधिक ३ पटक जित्ने पहिलो राष्ट्र बनेको छ। यो पटक सानदार प्रदर्शनका साथ अपराजित रहँदै भारत च्याम्पियन बनेको हो। यसअघि सन् २००० मा भारत र श्रीलंका संयुक्तरुपमा विजेता बनेका थिए। त्यसपछि भारतले सन् २०१३ मा […]
March 9, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको उपाधि जित्न भारतले न्युजिल्याण्डबाट मध्यम लक्ष्य पाएको छ ।न्युजिल्याण्डले भारतलाई जितका लागि २ सय ५२ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन जोड्यो । न्युजिल्याण्डका डारेल मिचेल र मिचेल ब्रेसवेलले […]
March 9, 2025
काठमाडौं(हाम्रो खेलकुद) – अजय चौहानले ५ विकेट लिएपछि लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । लुम्बिनीले आइतवार कोशी प्रदेशलाई २६ रनले पराजित गर्यो । २ सय ९ रनको लक्ष्य पछ्याएको कोशी ४२.४ ओभरमा १ सय ८२ रनमा समेटियो । कोशीका लागि सुजन थपलियाले सर्वाधिक ३५ रन जोडे […]