10 months ago
May 17, 2024
काठमाडौं (हाम्रो खेलकुद)– अमेरिका र वेस्ट इन्डिजमा हुने टि२० विश्वकपको तयारीमा जुटिरहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अमेरिकाको ह्युस्टनमा खेल्ने दुई अभ्यास खेलको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ ।
नेपाली टोलीले मे २२ र २३ मा ह्युस्टन हरिकेन्ससँग दुई वटा टि२० अभ्यास खेल खेल्दैछ । हाम्रो खेलकुदले ती दुई खेलको ब्रोडकास्टिङ अधिकार प्राप्त गरेको छ । हाम्रो खेलकुद र अमेरिकामा उक्त खेलको आयोजना अधिकार पाएको ड्रिम स्पोर्टस भेन्चर्सबीच दुई खेलको प्रत्यक्ष प्रसारणका लागि शुक्रबार सम्झौता भएको छ ।
हाम्रो खेलकुदलेले आफ्नो युट्युब च्यानलबाट दुई अभ्यास खेलको प्रत्यक्ष प्रसारण गर्नेछ । तयारीका क्रममा हाल वेस्ट इन्डिजमा रहेको नेपाली टोली शनिबार अन्तिम अभ्यास खेलपछि अमेरिका जानेछ ।
क्यानबाट निलम्बन फुकुवा भएका स्पिनर सन्दीप लामिछानेले पनि यी खेल खेल्ने सम्भावना छ । क्यानले आइसीसीबाट उनलाई विश्वकपमा समेट्न स्वीकृति दिएसँगै अब सन्दीप टोलीसँग अभ्यास खेल र प्रशिक्षणमा जोडिने भएका हुन् ।
हुस्टन हरिकेन्ससँगको खेलपछि र विश्वकपअघि नेपाली टोलीले दुईवटा वार्मअर्प खेल पनि खेल्नेछ । नेपाली टोलीले मे २७ मा क्यानाडा र मे ३० मा आयोजक अमेरिकासँग ड्यालासमा वार्मअप म्याचमा प्रतिस्पर्धा गर्नेछ ।
March 9, 2025
एजेन्सी – भारत तेस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ। आज भएको फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले हराउँदै भारत च्याम्पियन्स ट्रफी सर्वाधिक ३ पटक जित्ने पहिलो राष्ट्र बनेको छ। यो पटक सानदार प्रदर्शनका साथ अपराजित रहँदै भारत च्याम्पियन बनेको हो। यसअघि सन् २००० मा भारत र श्रीलंका संयुक्तरुपमा विजेता बनेका थिए। त्यसपछि भारतले सन् २०१३ मा […]
March 9, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको उपाधि जित्न भारतले न्युजिल्याण्डबाट मध्यम लक्ष्य पाएको छ ।न्युजिल्याण्डले भारतलाई जितका लागि २ सय ५२ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन जोड्यो । न्युजिल्याण्डका डारेल मिचेल र मिचेल ब्रेसवेलले […]
March 9, 2025
काठमाडौं(हाम्रो खेलकुद) – अजय चौहानले ५ विकेट लिएपछि लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । लुम्बिनीले आइतवार कोशी प्रदेशलाई २६ रनले पराजित गर्यो । २ सय ९ रनको लक्ष्य पछ्याएको कोशी ४२.४ ओभरमा १ सय ८२ रनमा समेटियो । कोशीका लागि सुजन थपलियाले सर्वाधिक ३५ रन जोडे […]