9 months ago
May 17, 2024
काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्ध लगातार दोस्रो जित दर्ता गरेको छ । पार्क हिल मैदानमा भएको दोस्रो खेलमा नेपाल ४९ रनले विजयी भएको हो ।
नेपालले दिएको १८० रनको लक्ष्य पछ्याएको घरेलु टोली १८.४ ओभरमा १३० रनमा समेटियो ।
नेपालको जितमा कुशल भुर्तेलले ३ ओभरमा १२ रन खर्चिदै ३ विकेट लिए भने गुलशन झाले पनि ३ ओभरमा १८ रन दिँदै ३ विकेट नै लिए । सोमपाल कामी, ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी र अविनाश बोहोराले १-१ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७९ रन बनाएको थियो ।
नेपालका लागि अनिल साहले विष्फोटक इनिङ खेल्दै २७ बलमा ४ चौका र ४ छक्का सहित ५० रन बनाए । यस्तै कप्तान रोहित पौडेलले ३३ बलमा ४१ रन जोडे । पहिलो ओभरमा नै ओपनर आशिफ शेखलाई शून्यमा गुमाएको नेपालमा लागि कुशल भुर्तेल र अनिल साहले राम्रो साझेदारी गरेका थिए ।
कुशलले १० ओभरमा आउट हुँदासम्म ३८ रन जोडेका थिए । दीपेन्द्र सिंह ऐरीले २६ रन बनाए । प्रतिश जिसीले ६ रन बनाउँदा सन्दिप जोराले २ र गुलशन झा १ रन बनाएर आउट भए ।
सोमपाल कामी ३ रनमा र अविनाश बोहोरा शून्यमा नटआउट रहे ।
नेपालले आजकै प्रतिद्वन्दी विरुद्ध पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो । एक समय नेपालको पहुँचबाट निकै टाढा पुगेको खेलमा दीपेन्द्र सिंह ऐरीले विष्फोटक फिनिश गर्दै जित दिलाएका थिए । सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स मा नेपालले विश्वकपको दुई खेल खेल्दैछ ।
१८ मेमा आजकै प्रतिद्वन्दी विरुद्ध अन्तिम अभ्यास खेलसँगै नेपाल मे १९ मा ह्युस्टन प्रस्थान गर्नेछ । त्यसपछि २१ मे मा टोलीले प्रशिक्षण गर्ने तालिका रहेको छ ।
२२ र २३ मे मा नेपालले ह्युस्टनको प्रेरी भ्यु क्रिकेट कम्प्लेक्समा ह्युस्टन हरिकेनसँग अभ्यास खेल खेल्नेछ । नेपालले यसअघि सन् २०२२ मा लिग-२ खेल्न जाँदा पनि सोहि स्थानमा अभ्यास खेल खेलेको थियो ।
नेपाल २५ मे मा डालास प्रस्थान गर्नेछ । त्यसपछि आइसीसीकै तालिका अनुसार नेपालले ग्रान्ड प्रेरि मैदानमा क्यानडा र अमेरिका विरुद्ध विश्वकप वार्म अप खेल खेल्नेछ ।
February 7, 2025
काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको अन्तिम खेलमा आज नेपाल र थाइल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा खेल दिउँसो १२ः१५ बजे सुरु हुनेछ । नेपालले सिरिजमा अहिलेसम्म खेलका पाँचै खेलमा हार बेहोरेको छ । नेपाल पहिलो, तेस्रो र पाँचौ खेलमा नेदरल्याण्ड्ससँग र दोस्रो र चौथो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो […]
February 7, 2025
एजेन्सी – घरेलु टोली भारतले इङ्ग्ल्याण्डसँगको पहिलो ओडिआईमा जित हासिल गरेको छ । भारतले बिहीवार भएको खेलमा ४ विकेटको जित हात पारेको हो । जितसँगै ३ खेलको ओडिआई सिरिजमा भारतले १-० को अग्रता लिएको छ । २ सय ४९ रनका मध्यम लक्ष्य भारतले ३८.४ अेभरमा ६ विकेट गुमाएर पूरा गर्यो । भारतको जितमा शुभमन गिल, […]
February 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा घोडाघोडी-११ ले सान्त्वना जित हात पारेको छ । सान्त्वना जित निकाल्नेक्रममा घोडाघोडीले फ्रेन्डस युथ क्लब डडेलधुरामाथि १ विकेटको रोमाञ्चक जित हासिल गरेको छ । डडेलधुराले दिएको १ सय २५ रनको लक्ष्य घोडाघोडी–११ ले १९.५ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो । घोडाघोडीलाई जिताउन आयुव चन्दले […]