10 months ago
May 16, 2024
एजेन्सी – सनराईजर्स हैदराबाद जारी इंडियन प्रिमियर लिग (आईपिएल) को प्लेअफमा पुग्ने तेस्रो टोली बनेको छ । गुजरात टाईटन्स विरुद्धको बिहीबारको खेल वर्षाका कारण टस नै नभई रद्द भएपछि हैदराबाद प्लेअफमा पुग्ने पक्का भएको हो ।
तेस्रो स्थानमा रहेको हैदराबाद १३ खेलमा १५ अंक भएको छ । दोस्रो स्थानमा रहेको राजस्थान रोयल्सको १३ खेलमा १६ अंक रहेको छ । यी दुई टोली शीर्ष दुईमा रहँदै फाइनल प्रवेशका लागि क्वालिफायर खेल्ने दाउमा रहेका छन् ।
कोलकत्ता यसअघि नै १३ खेलमा १९ अंक सहित शीर्ष दुईमा रहने पक्का भइसकेको छ । उता गुजरात भने यस खेल अघि नै बाहिरिसकेको थियो । गुजरातले १४ खेलमा १२ अंक बटुल्दै यस सिजनको समाप्ति गरेको छ ।
आईपिएलमा शुक्रबार हुने खेलमा मुम्बई इंडियन्स र लखनउ सुपर जाएन्ट्स भिड्ने छन् । लखनउको प्लेअफ सम्भावना झिनो भएपनि कायमै रहेको छ भने मुम्बई भने बाहिरिसकेको छ ।
March 9, 2025
एजेन्सी – भारत तेस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ। आज भएको फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले हराउँदै भारत च्याम्पियन्स ट्रफी सर्वाधिक ३ पटक जित्ने पहिलो राष्ट्र बनेको छ। यो पटक सानदार प्रदर्शनका साथ अपराजित रहँदै भारत च्याम्पियन बनेको हो। यसअघि सन् २००० मा भारत र श्रीलंका संयुक्तरुपमा विजेता बनेका थिए। त्यसपछि भारतले सन् २०१३ मा […]
March 9, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको उपाधि जित्न भारतले न्युजिल्याण्डबाट मध्यम लक्ष्य पाएको छ ।न्युजिल्याण्डले भारतलाई जितका लागि २ सय ५२ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन जोड्यो । न्युजिल्याण्डका डारेल मिचेल र मिचेल ब्रेसवेलले […]
March 9, 2025
काठमाडौं(हाम्रो खेलकुद) – अजय चौहानले ५ विकेट लिएपछि लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । लुम्बिनीले आइतवार कोशी प्रदेशलाई २६ रनले पराजित गर्यो । २ सय ९ रनको लक्ष्य पछ्याएको कोशी ४२.४ ओभरमा १ सय ८२ रनमा समेटियो । कोशीका लागि सुजन थपलियाले सर्वाधिक ३५ रन जोडे […]