default_image

8 months ago

May 16, 2024

नेपालको विनवार्ड्स भोलक्यानोज विरुद्ध बलियो योगफल

4800 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको दोस्रो अभ्यास खेलमा बलियो योगफल खडा गरेको छ । पार्क हिल मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७९ रन बनायो ।

नेपालका लागि अनिल साहले विष्फोटक इनिङ खेल्दै २७ बलमा ४ चौका र ४ छक्का सहित ५० रन बनाए । यस्तै कप्तान रोहित पौडेलले ३३ बलमा ४१ रन जोडे । पहिलो ओभरमा नै ओपनर आशिफ शेखलाई शून्यमा गुमाएको नेपालमा लागि कुशल भुर्तेल र अनिल साहले राम्रो साझेदारी गरेका थिए ।

कुशलले १० ओभरमा आउट हुँदासम्म ३८ रन जोडेका थिए । दीपेन्द्र सिंह ऐरीले २६ रन बनाए । प्रतिश जिसीले ६ रन बनाउँदा सन्दिप जोराले २ र गुलशन झा १ रन बनाएर आउट भए ।

सोमपाल कामी ३ रनमा र अविनाश बोहोरा शून्यमा नटआउट रहे ।

नेपालले टोलीमा दुई परिवर्तन गरेको छ । पछिल्लो खेल खेलेका सागर ढकाल र करण केसी टोलीबाट बाहिरिएका छन् भने ललित राजवंशी र अविनाश बोहोरा प्लेइङ-११ मा अटाएका छन् । पहिलो खेलमा बाहिर रहेका कुशल मल्ल र कमल सिंह ऐरी भने आज समेत बाहिर रहेका छन् ।

नेपालको प्लेइङ ११:

रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, अविनाश बोहोरा, प्रतिश जिसी, ललित राजवंशी

नेपालले आजकै प्रतिद्वन्दी विरुद्ध पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो । एक समय नेपालको पहुँचबाट निकै टाढा पुगेको खेलमा दीपेन्द्र सिंह ऐरीले विष्फोटक फिनिश गर्दै जित दिलाएका थिए । सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स मा नेपालले विश्वकपको दुई खेल खेल्दैछ ।

१८ मेमा आजकै प्रतिद्वन्दी विरुद्ध अन्तिम अभ्यास खेलसँगै नेपाल मे १९ मा ह्युस्टन प्रस्थान गर्नेछ । त्यसपछि २१ मे मा टोलीले प्रशिक्षण गर्ने तालिका रहेको छ ।

२२ र २३ मे मा नेपालले ह्युस्टनको प्रेरी भ्यु क्रिकेट कम्प्लेक्समा ह्युस्टन हरिकेनसँग अभ्यास खेल खेल्नेछ । नेपालले यसअघि सन् २०२२ मा लिग-२ खेल्न जाँदा पनि सोहि स्थानमा अभ्यास खेल खेलेको थियो ।

नेपाल २५ मे मा डालास प्रस्थान गर्नेछ । त्यसपछि आइसीसीकै तालिका अनुसार नेपालले ग्रान्ड प्रेरि मैदानमा २ विश्वकप वार्म अप खेल खेल्नेछ ।

January 3, 2025

अस्ट्रेलियाविरुद्ध भारत सस्तैमा समेटियो

एजेन्सी – अस्ट्रेलियाका तीव्र गतिका बलरहरु चम्कँदा पाँचौ टेस्टको पहिलो इनिङमा भारत सस्तैमा समेटिएको छ । शुक्रवार बोर्डर गावास्कर ट्रफीको पाँचौ तथा अन्तिम टेस्टको पहिलो इनिङमा भारत अस्ट्रेलियासामू १ सय ८५ रनमा समेटिएको हो । सिड्नी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको भारत पहिलो दिनको खेल समाप्ती हुनु केही अघि १ सय ८५ रनमा […]

January 3, 2025

वैवाहिक बन्धनमा बाँधिए क्रिकेटर आरिफ

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर आरिफ शेख वैवाहिक बन्धनमा बाँधिएका छन् । पर्सा वीरगन्ज निवासी २७ वर्षीय आरिफले सबाना खातुनसँग बिहीवार मुस्लिम परम्पराअनुसार विवाह गरेका हुन् । आरिफ नेपालले खेलेको पहिलो ओडिआई टोलीका सदस्य रहेका थिए । घरेलु क्रिकेटमा आरिफ विभागीय टोली नेपाल पुलिस क्लब खेल्नेछ । हालै सम्पन्न नेपाल प्रिमियर लिग […]

January 3, 2025

आरिफको कप्तानीमा पुलिसको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – जय ट्रफी मेन्स एलिट कपका लागि विभागीय टोली नेपाल पुलिस क्लबको टोली घोषणा भएको छ । पुलिसले शुक्रवार आरिफ शेखको कप्तानीमा १५ सदस्यीय अन्तिम टोलीको घोषणा गरिएको हो । पुलिसका नियमित कप्तान दीपेन्द्रसिंह ऐरी युएईमा हुने अन्तर्राष्ट्रिय लिग टि ट्वान्टी (आईएल टि ट्वान्टी) मा सहभागी हुन गएकाले पुलिसले आरिफलाई कप्तानीको जिम्मेवारी दिएको […]

Success

Thank you for your time.