default_image

10 months ago

May 16, 2024

सन्दीपले विश्वकप खेल्ने बाटो खुल्यो

4778 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – लेग स्पिनर सन्दीप लामिछानेले अर्को महिना अमेरिका र वेस्ट इन्डिजमा सुरु हुने आइसीसी टि२० विश्वकपमा खेल्ने बाटो खुलेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) बाट सन्दीपको नाम नेपालको विश्वकप खेल्ने टोलीमा समावेश गर्न सकारात्मक जवाफ आएसँगै उनले विश्वकप खेल्ने बाटो खुलेको हो । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले हाम्रो खेलकुदलाई आइसीसीले सन्दीपको नाम समेटेर अन्तिम टोली घोषणा गर्न स्वीकृति दिएको बताए ।

अब क्यानले उनलाई अमेरिका भ्रमणमा पठाएर टोलीमा समेट्ने वा नसमेट्ने अन्तिम निर्णय लिनेछ । ‘आइसीसीले मे २४ तारिखसम्म अन्तिम खेलाडी सुची पठाउन भनेको छ । सन्दीपले विश्वकप खेल्ने बाटो खुलेको छ । अब ह्युस्टनमा मे २२ मा हुने पहिलो तयारी खेल भ्याउने हिसाबले उनलाई अमेरिका पठाउने तयारीमा छौं,’ चन्दले भने ।

काठमाडौं जिल्ला अदालतबाट बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीपले बुधबार उच्च अदालत, पाटनबाट सफाइ पाएका थिए । काठमाडौं जिल्ला अदालतको उक्त फैसलाविरुद्ध सन्दीपले गत फागुन १० गते उच्च अदालतमा पुनरावेदन दिएका थिए । त्यसबेला अदालतले उनलाई थुनाबाहिरै रहेर मुद्दा लड्न अनुमति पनि दिएको थियो ।

सफाइ पाएलगत्तै बुधबार नै क्यानले उनीमाथिको निलम्बन फुकुवा गरेसँगै सन्दीपलाई राष्ट्रिय क्रिकेट टोलीबाट खेल्ने बाटो खुलेको थियो । विश्वकप खेल्नका लागि सन्दीपको नाम प्रारम्भिक सुचिमा नरहेका कारण क्यानले आइसीसीसँग छलफल गरेको थियो । बिहीबार छलफलबाट सकारात्मक जवाफ आएको अध्यक्ष चन्दले बताएका हुन् ।

March 9, 2025

भारतले जित्यो च्याम्पियन्स ट्रफी

एजेन्सी – भारत तेस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ। आज भएको फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले हराउँदै भारत च्याम्पियन्स ट्रफी सर्वाधिक ३ पटक जित्ने पहिलो राष्ट्र बनेको छ। यो पटक सानदार प्रदर्शनका साथ अपराजित रहँदै भारत च्याम्पियन बनेको हो। यसअघि सन् २००० मा भारत र श्रीलंका संयुक्तरुपमा विजेता बनेका थिए। त्यसपछि भारतले सन् २०१३ मा […]

March 9, 2025

च्याम्पियन्स ट्रफी फाइनल – भारतलाई मध्यम लक्ष्य

एजेन्सी – च्याम्पियन्स ट्रफीको उपाधि जित्न भारतले न्युजिल्याण्डबाट मध्यम लक्ष्य पाएको छ ।न्युजिल्याण्डले भारतलाई जितका लागि २ सय ५२ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन जोड्यो । न्युजिल्याण्डका डारेल मिचेल र मिचेल ब्रेसवेलले […]

March 9, 2025

अजयको ५ विकेटमा लुम्बिनी विजयी

काठमाडौं(हाम्रो खेलकुद) – अजय चौहानले ५ विकेट लिएपछि लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । लुम्बिनीले आइतवार कोशी प्रदेशलाई २६ रनले पराजित गर्यो । २ सय ९ रनको लक्ष्य पछ्याएको कोशी ४२.४ ओभरमा १ सय ८२ रनमा समेटियो । कोशीका लागि सुजन थपलियाले सर्वाधिक ३५ रन जोडे […]

Success

Thank you for your time.