10 months ago
May 15, 2024
काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लब काठमाडौँमा जारी ललितपुर मेयर्स कप २०८१ को फाइनलमा प्रवेश गरेको छ । प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गर्दै उपाधि दावेदार एपिएफ एक खेल बाँकी छँदै फाइनलमा प्रवेश गरेको हो ।
एपिएफको ३ खेलमा ६ अंक भएको छ । दोस्रो स्थानको सुदूरपश्चिमले २ खेलमा ४ अंक नै बटुलेको छ । ललितपुरको ३ खेलमा २ अंक रहेको छ भने कोशी प्रदेश र बागमती प्रदेश समान २-२ खेलमा अंकविहिन छन् ।
बुधवार तेस्रो जित हासिल गर्ने क्रममा एपिएफले आयोजक ललितपुर मेयर्स-११ लाई ८ विकेटले पराजित गरेको हो । ललितपुरले दिएको ७२ रनको सामान्य लक्ष्य एपिएफले २ विकेट गुमाएर ९.५ ओभरमै पुरा गर्यो ।
एपिएफका लागि कप्तान सिता राना मगरले ३५ बलमा ८ चौका सहित ५० रनको अर्धशतकीय इनिङ खेलिन् । यस्तै अर्की ओपनर ममता चौधरीले २१ बलमा १ चौका सहित १६ रन बनाइन् । इन्दु वर्मा र रोमा थापा समान १-१ रन बनाएर अविजित रहे ।
ललितपुरका लाग कृतिका मरासिनीले दुवै विकेट लिइन् ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा ७१ रन मात्र बनाउन सक्यो । ललितपुरका दुई ब्याटरले मात्र दोहोरो अंकमा रन बनाउन सके । कप्तान पुजा महतोले ३९ बलमा १ चौका सहित २४ रन बनाइन् । यस्तै ज्योत्स्निका मरासिनीले ३९ बलमा १ चौका नै प्रहर गर्दै २१ रन जोडिन् ।
एपिएफका लागि रेखा रावल र कप्तान सिता राना मगरले समान १-१ विकेट लिए ।
प्रतियोगिता अन्तर्गत आजको दोस्रो खेलमा पुछारका दुई जितविहिन टोली कोशी प्रदेश र बागमती प्रदेश भिड्दै छन् ।
५ टोली सम्मिलित यस प्रतियोगिता सिंगल राउण्ड रोबिनका आधारमा हुँदैछ भने लिग चरणका शीर्ष दुई टोलीले उपाधिका लागि आउँदो शनिवार खेल्ने छन् ।
March 10, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीले युगान्डामा जारी वुमेन्स टि ट्वान्टी क्वाड्रान्गुलर सिरिजमा आज आफ्नो तेस्रो खेल खेल्दैछ । नेपालले आजको हुने खेलमा हङकङको सामना गर्दैछ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा हुने खेल नेपाली समय अनुसार खेल दिउँसो ४ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमा नामिबियासँग पराजित नेपालले दोस्रो खेलमा आइतवार घरेलु टोलीलाई […]
March 9, 2025
एजेन्सी – भारत तेस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ। आज भएको फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले हराउँदै भारत च्याम्पियन्स ट्रफी सर्वाधिक ३ पटक जित्ने पहिलो राष्ट्र बनेको छ। यो पटक सानदार प्रदर्शनका साथ अपराजित रहँदै भारत च्याम्पियन बनेको हो। यसअघि सन् २००२ मा भारत र श्रीलंका संयुक्तरुपमा विजेता बनेका थिए। त्यसपछि भारतले सन् २०१३ मा […]
March 9, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको उपाधि जित्न भारतले न्युजिल्याण्डबाट मध्यम लक्ष्य पाएको छ ।न्युजिल्याण्डले भारतलाई जितका लागि २ सय ५२ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन जोड्यो । न्युजिल्याण्डका डारेल मिचेल र मिचेल ब्रेसवेलले […]